९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाठेघर खस्ने समस्यामा सुधारोन्मुख

अ+ अ-

काठमाडौं । तराई/मधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ ।

सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य परीक्षण र उपचारसहित गरिएको एक अध्ययनले पाठेघर खस्ने समस्या सुधारोन्मुख देखिएपनि अझै करीब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारका पाठेघर खस्ने समस्या पाइएको देखाएको छ ।

यहाँस्थित भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा हेल्दी नेपाल कम्युनिटी फाउण्डेशनद्वारा ती जिल्लाका करीब ४५ हजार महिलामा गरिएको स्वास्थ्य परीक्षण तथा उपचारबाट सो समस्या देखिएको फाउण्डेशनका अध्यक्ष शेखर गिरीले जानकारी दिए । उनका अनुसार सो अध्ययन सन् २०१६ देखि २०१८ सम्म गरिएको थियो ।

स्वास्थ्य परीक्षणबाट पाठेघर खस्ने समस्या देखिएका महिलालाई उपचार सेवा उपलब्ध गराइएको थियो । पाठेघर समस्या भएका महिलाको उपचारका लागि फाउण्डेशनले ती जिल्लाका विभिन्न अस्पतालसँग सहकार्यसमेत गरेको थियो । तीमध्ये पाठेघर खसेका ३६० महिलाको शल्यक्रियासमेत भएको फाउण्डेशनले जनाएको छ ।

विशेषगरी पिछडिएका, अल्पसङ्ख्यक, सीमान्तकृत महिलामा पाठेघर खस्ने समस्या पाइएको अध्ययनमा संलग्न फाउण्डेशनका कार्यक्रम संयोजक डा सदीक्षा गिरीले जानकारी दिए । उनले भनिन्, ‘अझै पनि कम उमेरमा विवाह गर्ने प्रचलन, जन्मान्तरको फरक कम, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमीलगायतका कारण महिलामा पाठेघर खस्ने समस्या छ ।’

अध्ययनका क्रममा रोग लुकाएर बसेका महिलाको सङ्ख्या उल्लेख्य रहेको पाइएको थियो । “सामाजिक अपहेलना हुने भयले पाठेघर खस्ने महिला उपचारमा नआउँदा समस्या बढ्दो छ’, कार्यक्रम संयोजक गिरीले भनिन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघर खस्ने समस्याको निःशुल्क उपचारको व्यवस्था गरेको छ तर उपचारको पहुँचमा नआउँदा यो समस्या विकराल बन्दै गएको बताइएको छ ।

भारतीय राजदूतावासले महिला सशक्तीकरणअन्तर्गत प्रजनन स्वास्थ्य क्षेत्रमा सहयोग गरेको पहिलोपटक रहेको बताइन्छ । तीन चरणमा सम्पन्न गरेको सो परियोजनाको कुल अनुदान रकम चार करोड ९४ लाख ७० हजार ८४० रहेको छ ।

प्रतिक्रिया दिनुहोस