१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाका हातमा भावी नेतृत्व : प्रधानमन्त्री

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको भावी नेतृत्व युवा पुस्ताका काँधमा जाने भएकाले इमान्दारीपूर्वक अनुशासनमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सेवा दलमा आबद्ध नेपालसहित आठ देशका प्रशिक्षार्थीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले अहिलेका युवा पुस्ताको असल कार्यको परिणाम भविष्यमा देखिने भएकाले आत्मानुशासनमा रहेर काम गर्नुपर्ने बताए । ‘उज्ज्वल भविष्यका लागि हामी सबैको एउटै उद्देश्य र आकाङ्क्षा छ ,त्यसका लागि नागरिक अनुशासित र शिक्षित हुनुपर्छ,’प्रधानमन्त्रीले भने ।

वार्ता र संवादका माध्यमबाट एक दशक लामो द्वन्द्व तार्किक निष्कर्षमा टुङ्ग्याइएको, संविधानसभाबाट संविधान जारी गरेर तीनवटै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर राजनीतिक सङ्क्रमणको अन्त्य भएको यथार्थ सुनाउँदै उनले लोकतन्त्र र लोकतान्त्रिक अधिकारका निम्ति अब लडाइँ गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

‘हामीले सङ्क्रमणकालीन प्रक्रियाको चरण पार गरेका छौँ, अब हामी संविधान कार्यान्वयनको आधारभूत व्यवस्थामार्फत सेवा प्रवाह, सुशासन र आर्थिक विकासमा केन्द्रित छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब देशको आर्थिक उन्नयन र समृद्धि प्राप्तिको लक्ष्य हासिल गर्नेतर्फ उन्मुख छौँ, त्यसका लागि लामो समयसम्म धैर्य गर्न सक्दैनौँ, हाम्रा सबै प्रयत्न त्यसतर्फ केन्द्रित छन्, यो उद्देश्य प्राप्तिमा राष्ट्रिय सेवा दल महत्वपूर्ण माध्यम बन्नसक्छ ।’

राष्ट्र निर्माण र यसलाई प्रगतिको पथमा अग्रसर तुल्याउन हाम्रा पितापुर्खाको योगदान एवम् गौरवगाथाको स्मरण गर्दै उनले परिवर्तित समयानुसारको विज्ञान र प्रविधिलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प नरहेको वास्तविकतातर्फ तालीमेको ध्यानाकर्षण गराए । युवा आदानप्रदानअन्तर्गत राष्ट्रिय सेवा दलका प्रशिक्षार्थीलाई राष्ट्राध्यक्ष वा सरकारप्रमुखबाट भेट एवं निर्देशन दिने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस