१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी ठग्छन काँटामा सडकपेटीका व्यापारी

अ+ अ-

चिप्लेढुङ्गा । “लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस् ।” “दिदी अङ्गुर लानुहुन्छ ?” बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन् । “कति हो अङ्गुर ?” “किलोको १५० हो, १४० मा लानुस् ।” ग्राहक महिलाले एक किलो अङ्गुर किनिन् । उनले किलो अलि नपुगेको भन्दै राम्रोसँग जोखेर दिन आग्रह गरिन् । तर व्यापारी महिलाले चिनियाँ हाते काँटा देखाउँदै भनिन्, “ल हेर्नुस् पुगेको छ ।” व्यापारीले पुगेको छ भन्दै ढिपी गरेपछि ग्राहक महिला बाटोछेउ पसलमा रहेको डिजिटल तराजुमा लगेर जोखिन् । अङ्गुर जम्मा ८५० ग्राम मात्र भयो ।

“दिदी अङ्गुर एक किलो पुगेको छैन ।” “पुर्‍याएर दिएको किन नपुग्ने ?” उल्टै प्रश्न व्यापारी दिदीको । ग्राहक महिला भन्दै थिइन् “सस्तो दिएको नाममा यसरी ठग्न त भएन, बरु मूल्य जति हो त्यति लिनुस्, यसरी ठगेर व्यापार नगर्नुस् ।” व्यापारी महिलाले भनिन् “बाटा बसेर सस्तोमा दिनुछ । किचकिच गर्छन्, किलो खोज्नेले पैसा पनि बढी दिनु नि ।”

महेन्द्रपुल सडकपेटीमा फलफूल बेच्नेसँग पनि ग्राहकको उही गुनासो थियो, “किलो पूरा गरेर दिनुस् है । यो काँटामा सय/डेढसय ग्राम पुग्दैन ।” छेऊमै तरकारी बेच्ने व्यापारी महिलाले भनिन्, “यो सानो चाइनिज काँटामा जोखेर फलफूल किन्नेहरूको सधैँ गुनासो हुन्छ । आफूहरूले डिजिटल तराजुबाट तरकारी बेच्ने गरेकाले ग्राहकको जोखाइमा गुनासो हुँदैन ।”

पोखराका विभिन्न प्रमुख चोक एवं गल्लीका सडकपेटीमा डोको र क्रेटमा फलफूल बेच्नेहरूले ग्राहकलाई सस्तोको प्रलोभनमा पारेर किलोमा ठग्नु आजकाल सामान्य विषय भइरहेको छ ।

खुलमखुला काँटामा ठग्नेलाई कहीँकतैबाट कारवाही नहुँदा उनीहरूको मनोबल झनै बढेको देखिन्छ । कोही ग्राहकले बोलीहाले व्यापारी नै एकजुट भएर जाइलाग्ने गरेको स्थानीय किराना पसल व्यवसायी गङ्गा सुनार बताउँछिन् । “चोकमा धेरै फलफूल व्यवसायी छन् । नगर प्रहरीले हटाउने हुँदा लुकीछिपी व्यापार गर्नुपर्ने सास्ती पनि छ । फेरि प्रहरी प्रशासनको आँखा छलीछली ग्राहकलाई ठग्न पनि खप्पिस छन् ।” सचेत ग्राहक किलो नपुगेको भन्दै फलफूलको झोलै फालेर झगडा गरेर हिँड्ने गरेको थुप्रै दृश्य आफूले देखेको सुनारले बताए ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइराला नियमन निकायको लाचारीका कारण उपभोक्ता विभिन्न माध्यमबाट ठगिन पुगेको बताउँछन् । “सस्तो र महँगोको कुरा होइन, जति मूल्य भनेर उपभोक्ता किन्न तयार भएका छन् त्यति मूल्यमा किलो पुर्‍याएर दिनुपर्छ ।” सचेत उपभोक्ताले यसविरुद्ध उजुरी दिने हो भने कारवाही हुने कोइरालाले बताए ।

कास्कीमा झण्डै ४० हजार हाराहारीका व्यवसायी छन्, तर जम्माजम्मी २०/२२ हजारले मात्रै व्यवसाय दर्ता गरेका छन् । दर्ता नगरेका व्यापारीको नापतौलको जाँच कहीँ कतैबाट हुँदैन, अनि ठग्ने व्यवसाय फस्टाइरहेको उनको भनाइ छ । उनी भन्छन्, “हामी डोकोमा फलफूल बेच्नेप्रति सहानुभुति राख्छौँ, तर उनीहरूले कानून नै हातमा लिएर मनपरी गर्छन् । यसले नराम्रो अभ्यासको विकास हुन्छ । सचेत उपभोक्ताले नापतौल र मूल्यप्रति चनाखो भएर आवाज उठाउनुपर्ने कोइराला बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस