१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा

अ+ अ-

चितवन । पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य संघ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा र्‍याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर र्‍याफ्टिङ यात्रा सम्पन्न गरेको छ ।

पर्यटकीय क्षेत्र सौराहा रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले र्‍याफ्टिङबाट झरेपछि जीवनमा एकपटक र्‍याफ्टिङ यात्रा गर्नैपर्दोरहेछ भने । शुरुमा डर लागे पनि यात्रा गर्दै जाँदा अविस्मरणीय अनुभव भएको वनको भनाइ छ । सन् २०२० मा स्वदेशी र विदेशी धेरै पर्यटक चितवनमा भित्र्याउने योजनासहित लागि परेका वनले पर्यटकीय गतिविधिका हिसाबले हामी निकै धनी रहेको बताए ।

काठमाडौँबाट आउने पर्यटक त्रिशूली नदीमा र्‍याफ्टिङ गर्दै नारायणगढ पुग्न सकिने सन्देश यस कार्यक्रमले दिएको प्रदेशसभा सदस्य कृष्ण खनालले बताए ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन र चितवनको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित त्रिशूली नदीमा र्‍याफ्टिङ गरिएको बताए । उनका अनुसार जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि र पूर्वप्रतिनिधिसहित ३५ जनाको टोलीले र्‍याफ्टिङ गरेको हो ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा हरेक वर्ष दुई लाखको हाराहारीमा स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । जिल्लामा आउने पर्यटकको मुख्य गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । यससँगै पवित्र तीर्थस्थल देवघाट, सिराइचुली, लामो झरना, थारु संस्कृतिसँगै जलयात्रा हुने गर्दछ ।

पर्यटकको बसाइँ लम्ब्याउनका लागि नयाँ गन्तव्यको खोजी गर्नुपर्ने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस