७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाको सक्रियतामा सहकारी

अ+ अ-

दमौली । यहाँका विभिन्न सामाजिक संस्थामा आबद्ध युवाको सक्रियतामा सहकारी संस्था स्थापना भएको छ । दमौलीका व्यास नगर जेसीज, रोटर्‍याक्ट क्लब, रोटरी क्लब, लायन्स क्लबलगायतका सामाजिक सङ्घसंस्थामा आबद्ध युवाको सक्रियतामा तनहुँ कालिका वचत तथा ऋण सहकारी संस्था स्थापना भएको हो ।

राज्य पुनःसंरचनापछि सहकारी संस्था दर्ता गर्ने अधिकार स्थानीय तहमा आएपछि व्यास नगरपालिकामा पहिलो सहकारीको रुपमा उक्त सहकारी दर्ता भएको हो । सो सहकारीका अध्यक्ष माधव न्यौपानेले विभिन्न संस्थामा आबद्ध युवालाई एकीकृत गरी सहकारी स्थापना गरिएको जानकारी दिए। उनले भने, “व्यास नगरपालिकामा दर्ता भएर पहिलो सहकारीको रुपमा कारोवार शुरु गरेका छौँ ।” उनका अनुसार सहकारी संस्था दर्ता गर्दा २६ जना शेयर सदस्य आबद्ध सहकारीमा अहिले १०० शेयर सदस्य पुगेका छन् ।

रु ५२ लाख शेयर सदस्य रहेको सो सहकारीले रु एक करोड बढीको कारोवार गरिसकेको छ । “समाजमा छरिएको पूँजी सङ्कलन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्यअनुरुप सहकारी स्थापना गरेका हौँ”, उनले भने ।

सहकारीले आधुनिक प्रविधिअनुसार सदस्यलाई सेवा प्रदान गर्ने, पूँजी परिचालन गरी रोजगारी वृद्धि गर्ने, सदस्यमा परिवर्तित आवश्यकता पूरा गर्न प्रयास गर्ने, गरीबी निवारणका लागि सहकारीमार्फत् पूँजी परिचालन गर्ने र सदस्यमा नियमित वचत गर्ने बानीको विकास गर्ने लक्ष्य राखेको सहकारीका सचिव सुरेश पुरीले जानकारी दिए।

सो सहकारीको शुक्रबार नगरप्रमुख वैकुण्ठ न्यौपोनले उद्घाटन गर्दै सहकारी सामाजिक जीवनको अङ्ग भइसकेकाले यसलाई विश्वासको आधारमा सञ्चालन गर्नुपर्ने बताए । व्यास नगरपालिका–२ का अध्यक्ष काशीराम श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ र जिल्ला सहकारी सङ्घका अध्यक्ष श्रीप्रसाद भट्टराईले सहकारी संस्था ऐन र विनियमअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस