१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमिक र रोजगारदाताको तनाब अन्त्यका लागि सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

अ+ अ-

रुपन्देही । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाताको तनाव अन्त्यका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको बताएका छन् ।  श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग संघद्वारा आज रुपन्देहीको नयाँ मिलमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले योजनाले रोजगारदाता र श्रमिकबीच सन्तुलन पैदा गर्ने धारणा राखे ।

उद्योगी–व्यवसायीको जोखिम अन्त्य गर्न राज्यले योजना ल्याएकाले योजना कार्यान्वयनमा साथ दिन उनले आग्रह गरे । ‘सामाजिक सुरक्षा योजनाले श्रमिकमा काम गर्ने भावना पैदा गर्नेछ’, उनले भने, ‘श्रमिक खुशी भए मात्रै उद्योग–व्यवसाय फस्टाउँछ, त्यसैले सबैलाई सुरक्षा योजनाको दायरमा ल्याउँछौँ ।’ रोजगारीका लागि विदेशिने युवालाई रोक्न सुरक्षा योजना महत्वपूर्ण हुने मन्त्री विष्टको विश्वास छ ।’श्रम बजार श्रमिकबीचको जटिलता अन्त्य गर्न समयमै पहल नभए देश जटिलतातिर जान्छ’, उनले भने, ‘श्रमशक्तिको अभावमा बेहोर्नुपर्ने सङ्टकको समाधानका लागि ध्यान दिन जरुरी छ ।’

सामाजिक सुरक्षा योजना देशका लागि नौलो विषय भए पनि यसको कार्यान्वयनपछि उद्योगी, व्यवसायी र श्रमिकमा खुशी छाउने मन्त्री विष्टले विश्वास व्यक्त गरे । उद्योगीका कठिनाइलाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै उनले उदार बनेर मजदूरको जीवनस्तर उकास्न सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । उनले भने,’मजदूरको पीडाले उद्योगीलाई पनि पीडा हुन्छ, उनीहरुको मुहारमा खुशी छाउँदा उद्योगीको मुहारमा पनि खुशी छाउँछ ।’ उनले सञ्चार संस्था, अस्पताललगायत सबै संस्थान र प्रतिष्ठानमा सो योजना लागू हुने बताए ।

प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले अहिलेको मुख्य समस्या बेरोजगारी घटाएकाले सामाजिक सुरक्षा योजना कार्यान्वयन जरुरी रहेको बताए । उमेर छँदासम्म विदेशमै पसिना बगाउने, उमेर गएपछि स्वदेश फर्किंदा केही गर्न नसक्ने अवस्था हुने उनको भनाइ थियो । सामाजिक सुरक्षा योजनाबारे जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव महेशप्रसाद दहालले सामाजिक सुरक्षा योजना सबैको हितमा रहेको बताए । उनले भने, ‘योजना राम्रो छ, तर कार्यान्वयनका लागि सबैको सहयोग चाहिन्छ ।’योजना आगामी साउन १ गतेबाट पूर्ण रुपमा कार्यान्वयनमा आउने उनले जानकारी गराए ।

सचिव दहालले सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका रोजगारदाता तथा श्रमिकलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा र वृद्धावस्था सुरक्षाको सुविधा उपलब्ध गराइने जानकारी गराए ।

योगदानमा आधारित ‘सामाजिक सुरक्षा योजनाको अवस्था र कार्यान्वयका चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा योजना महत्वपूर्ण भएको बताए । योजनामा सहभागी श्रमिकले रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पूर्ण खर्चसमेत प्राप्त गर्ने उनले बताए । ‘सुविधाका लागि श्रमिकले आधारभूत पारिश्रमिकको ११ र रोजगारदाताले २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ’, अधिकारीले भने ।

रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले सामाजिक सुरक्षा योजना सम्बन्धमा उद्योगी–व्यवसायीको बुझाइ स्पष्ट पार्न कार्यक्रम गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस