८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री हुनुपर्छ

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले आज बुटवलमा आयोजना गरेको ‘छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक’ माथिको अन्तरक्रिया कार्यक्रममा उनीहरुले मिडिया बलियो भएमात्र सरकार बलियो हुने भएकाले मिडियाप्रति उदार बन्न सुझाव दिए ।

सो अवसरमा प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले समितिले मिडियाकर्मीको सुझावअनुसार नै विधेयक पास हुने बताए । ‘जटिलताको बीचबाट प्रदेशसभा र सरकार अगाडि बढेको छ’, उनले भने, ‘हाम्रो नियत खराब छैन, छलफलमा आएका सुझावलाई समेटेर विधेयक आउँछ ।’

कानून मस्यौदा तथा सुझाव आयोगका सदस्य विष्णु पोखरेलले कानून बनाउने कुरा जटिल भएकाले यसमा सबैको सहयोग जरुरी हुने बताए । उनले भने, ‘बनेको बाटोमा हिँड्नुभन्दा बाटो बनाउन गाह्रो हुन्छ ।’

आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव हरिसिंह धामीले विधेयकमाथि भएका त्रुटि छलफलमार्फत सच्याउन सकिने बताए । मस्यौदा बनाउने विषय जटिल छ, उनले भने,’कानून स्वीकार्न गाह्रो हुन्छ तर सबैले स्वीकार गर्न सक्ने बनाउन जरुरी हुन्छ ।’

पत्रकार महासंघका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले विधेयकको प्रस्तावना नै गलत भएकाले सच्याउन आग्रह गरे। ‘मिडियासँग कुनै छलफल नगरी विधेयक ल्याउने तयारी गर्नु गलत हो’, उनले भने, ‘प्रेस स्वतन्त्र हुनेगरी विधेयक नआए स्वीकार्दैनौँ ।’

प्रस्तावित छापाखाना र प्रकाशनसम्बन्धी विधेयकबारे अवधारणा पत्र प्रस्तुत गर्दै पत्रकार डिआर घिमिरेले प्रदेशमा बन्ने ऐन कानून मिडियाका लागि लचिलो हुनुपर्ने बताए ।

पत्रकार महासंघका पूर्वअध्यक्ष विनोद पहाडीले प्रदेश सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री नभएको टिप्पणी गरे। उनले भने, ‘प्रेसको घाटी निमोठ्ने काम मान्य हुँदैन ।’

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले विधेयकमार्फत मिडियालाई सङ्कुचन गर्ने काम नगर्न प्रदेश सरकारलाई सुझाव दिए । प्रसारण विधेयकमाथि पत्रकार महासंघले दिएको सुझाव कार्यान्वयन गर्न उनले आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार माधव नेपाल, संसदीय मामिला पत्रकार समाजका अध्यक्ष विष्णु घिमिरे, पत्रकार नवराज कुँवर, दामोदर खनाल, दीपेन्द्र बडुवाल, रेखा भुसाल, भवानीप्रसाद पाण्डे, अमृता अनमोल, सिपी खनाललगायतले मिडियालाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस