८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

अ+ अ-

खस्यौली । रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् ।

महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ ।

परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन संघ, बुटवलकी नर्स बिष्णु गुरुङले जानकारी दिए ।

उनीहरु २० देखि ५० वर्ष उमेर समूहका छन् ।

सैनामैना नगरपालिका–३ को आयोजनामा पर्रोहा हेल्थ पोष्टमा सञ्चालन गरिएको तीन दिने निःशुल्क महिला स्वास्थ्य शिविरमा कूल ४११ महिलाले स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष रत्नबहादुर पौडेलले जानकारी दिए ।

परीक्षण गराएकामध्ये २६६ महिलालाई औषधी वितरण गरिएको बताइएको छ ।

नेपालका सामाजिक संरचनाका कारण महिला लजाउने हुनाले पाठेघर र स्तनको क्यान्सर हुने गरेको उल्लेख गर्दै नर्स पदमा श्रेष्ठले भनिन्, ‘विशेष गरी यौन रोगमा अझै पनि महिला खुलेर समस्या बताउन नसक्ने अवस्थामा छन् ।’

प्रतिक्रिया दिनुहोस