१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा बौद्ध शिक्षा लागू हुने तयारी

अ+ अ-

जीतपुर । कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू गरिने भएको छ ।

बुद्धले २९ वर्ष बिताएको ठाउँको रुपमा परिचित प्राचीन कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभूत तहका पाठ्यक्रममा बौद्ध शिक्षा र कपिलवस्तुसम्बन्धी विषयलाई पाठ्यक्रममा उर्ताने गरी अहिले तयारी अगाडि बढेको छ ।

बुद्धसँग सम्बन्धित ऐतिहासिक, पुरातात्विक र महत्वपूर्ण स्थान रहेकाले विद्यालयमा बौद्ध शिक्षालाई निश्चत पाठ्यभार तोकेर अगाडि लैजाने गरी योजना अघि बढेको शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका एकाइ प्रमुख बाबुराम भट्टराईले जानकारी दिए ।

पाठ्यक्रममा व्यवस्थ्या भएको स्थानीय विषय रहेकाले जिल्लाका संस्थागत र सामुदायिक विद्यालयमा बौद्ध शिक्षा लागू हुने गरी अन्तिम तयारी शुरु भएको छ । उनले यस शिक्षाले विद्यार्थीलाई जन्मभूमिप्रति आस्था र चरित्रवान् बनाउन मद्दत गर्ने बताए ।

विषय विज्ञसहित आठ सदस्यीय समितिको आज बसेको बैठकले यसै शैक्षिकसत्रबाट कक्षा ६ र ७ मा लागू हुने गरी पाठ्यक्रमको अन्तिम प्रारुप तयार गरी स्वीकृत गरेको छ । पाठ्यक्रमको विषयवस्तु छनोटसँगै सबै स्थानीय तहका प्रमुख उपप्रमुख र त्यससँग सहकार्य तथा समन्वय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस