६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँमा गाउँमा घुम्ती शिविर

अ+ अ-

जाजरकोट । स्थानीय तहले सिंहदरबारको अधिकार गाउँ, गाउँमा पुर्‍याउने लक्ष्यअनुसार घरदैलोमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।

यसै क्रममा भेरी नगरपालिकाले सबै वडामा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य संस्थासम्म उपचारका लागि आउन नसक्ने ज्येष्ठ नागरिकलाई लक्ष्य गरी ‘मेयर निःशुल्क स्वास्थ्य शिविर’ सञ्चालन गरिएको हो । शिविरमा भिडियो एक्स–रे, दन्त सेवा, पाठेघरको जाँचलगायत सेवा प्रदान गरिएको छ । गाउँमै स्वास्थ्य सेवा पाएपछि नगरवासी खुशी भएको प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले जानकारी दिए ।

भेरी नगरपालिका–११ जगतीपुरमा सञ्चालन गरिएको शिविरमा ३०० जनाभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । रुघाखोकी, जरो, ग्याष्ट्रिकलगायत सामान्य खालका रोगका बिरामी बढी मात्रामा उपचारका लागि आएको बेल्वासेले बताए । गाउँ, गाउँमा चिकित्सकसहित शिविर सञ्चालन भएपछि उपचार गराउन आउनेको भीड लाग्ने गरेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए।

यसैबीच जिल्लामा २५ वर्षपछि खाद्य प्राविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले बजार अनुगमन गरेको छ । कार्यालय स्थापना भएको अढाइ दशक बित्दासम्म बजारमा अनुगमन गरिएको थिएन । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बजार अनुगमनलाई तीव्र पारिने बताए ।

प्रतिक्रिया दिनुहोस