धरान । सुनसरीको धरान उपमहानगरपालिका–९ बगैँचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । होली पर्वका दिन तामाङको छुरा प्रहार गरी हत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धरान–९ का १८ वर्षीय सशुशान्त लिम्बू, धारन –७ पानमाराका १८ वर्षीय मनिया लावती लिम्बू, १७ वर्षीय निश्चल विक र १८ वर्षीय शरण राई छन् ।
व्यक्तिगत रिसिइबीका कारण तामाङको धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेर चारै जना अभियुक्त फरार रहेका थिए ।
पक्राउ पछि उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।