६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र र समाजका लागि गरिने योगदान खेर जाँदैन :  उपप्रधानमन्त्री पोखरेल

अ+ अ-

विराटनगर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्र र समाजका लागि गरिने योगदान कहिले पनि खेर नजाने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी९नेकपा० जिल्ला समिति मोरङद्वारा पूर्वउपप्रधानमन्त्री एवं नेपाली वाम लोकतान्त्रिक आन्दोलनका शिर्षस्थ नेता भरतमोहन अधिकारीको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा उनले अधिकारी व्यक्ति एक तर व्यक्तित्व अनेक भएकाले कम्युनिष्ट पार्टीलाई जहिले पनि एकजुट गराएर लैजाने पक्षका हुनुहुन्थ्यो भने ।

उपप्रधानमन्त्री पोखरेलले निकै खारिएका र परिपक्व अधिकारीको सपना, योगदान र विचारले पार्टीलाई कालान्तरसम्म फाइदा भइरहने विचार व्यक्त गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अधिकारी वाम आन्दोलनका सफल, सक्षम, दक्ष र सहज नेता हुनुहुन्थ्यो भने । अधिकारीको योगदानले राज्यबाट प्राप्त हुने सेवा र सुविधामा जनताको पहुँच पुगेको उनको भनाइ थियो ।

सफल अर्थमन्त्रीको रुपमा चिनिएका अधिकारीले २०५१ सालमा बजेटमार्फत नेपाली जनता माझ ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ नारा अहिलेसम्म लोकप्रिय रहेको मुख्यमन्त्री राईले बताए ।

नेकपाका केन्द्रीय सदस्यद्वय गुरु बराल र देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टीका एक इमान्दार, मेहनती र कर्मठ व्यक्तित्व अधिकारीले समाज विकासका निम्ति अनुकरणीय योगदान गरेको चर्चा गरे । उनकी धर्मपत्नी सविताले अधिकारीले संकल्प लिएका विषय पार्टीले पूरा गराउनतर्फ ध्यान जानुपर्नेमा जोड दिए ।

नेकपा मोरङका सदस्य ऋषिराज पोखरेलको अध्यक्षतामा भएको सो कार्यत्रममा प्रा डा.भेषप्रसाद धमला र डा प्रमोद झाले अधिकारीको योगदानले मजदुर र किसानको जीवनस्तर उकास्न निकै मद्दत पुगेको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस