१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकता टुङ्ग्याउन नेकपाद्वारा कार्यदल गठन

अ+ अ-

गलेश्वर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ ।

मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो ।

बैठकले एकतालाई छिटो टुङ्ग्याउनका लागि साङ्गठनिक एकीकरणसम्बन्धी काम गर्नका लागि नेता हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको हो ।

कार्यदलले चैत १७ गतेसम्म एकीकरणको ठोस प्रस्ताव पेश गर्ने निर्णय भएको जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापाले जानकारी दिए। पार्टीको सम्पत्ति एकीकरण तथा लेवी निर्धारणका लागि गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ, देवेन्द्र केसी र शेरबहादुर केसी रहेको कार्यदललाई चैत २० गतेभित्र प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएको उनले बताए ।

यस्तै पार्टीको गाउँपालिकास्तरमा भेला सञ्चालन र पार्टी एकताका विषयमा छलफल गरी राय सुझाव लिनका लागि बेनी नगरपालिकामा गोविन्द पौडेल र बालकृष्ण सुवेदी, मङ्गलामा टेकबहादुर विश्वकर्मा र देवबहादुर घले, मालिकामा नवराज शर्मा र रेशम जुग्जालीलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी धवलागिरिमा खुमबहादुर बानियाँ र शेरबहादुर केसी, रघुगङ्गामा देवेन्द्र केसी र विनोद केसी, अन्नपूर्णमा हरिकृष्ण श्रेष्ठ र देवराज सुवेदीलाई जिम्मेवारी तोकिएको इन्चार्ज थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस