काठमाडौं । बुधबार सुनको मूल्य घेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० रुपैयाले घटेर ६० हजार ४०० मा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो ।
यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ । चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।