काठमाडौं । प्रहरीले लागुऔषध सम्बन्धी छुट्टा छुट्टै घटनामा १० जनालाई पक्राउ गरेको छ । यही १२ गते १८:०० बजे काठमाडौं महानगरपालिका-२६ स्थित होटल गण्डकी ड्रिमबाट ७ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानिपोखरी र महनगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले यही होटलको कोठा नम्बर ४०४ बाट १७ ग्राम खैरो हिरोईन सहित बाँकेका शेर बहादुर सुनार, रमेश बस्नेत,जोरपाटी बस्ने एलिसा श्रेष्ठ, तारकेश्वर बस्ने अनिल आचार्य, बालाजुका निकेश के.सी., तारकेश्वरका प्रकाश देवकोटा र मिलन सिंखडा लाई पक्राउ गरेको छ ।
यसै गरी महानगरीय प्रहरी प्रभाग दुधपाटीले यही १२ गते २१:०० बजे भक्तपुर नगरपालिका-२ इताछे बस्ने सुरेन्द्र देसमरुलाई यही इताछेमा चेकजाँच गर्दा निजको साथबाट डाईजेल्याप,नुफिन र फेनरागन गरी ४२ एम्पुल लागुऔषध बरामद गरेको छ ।
यसै गरी तारकेश्वर नगरपालिका-८ मनमैजु स्थित सन्तोष लामाको कोठामा महानगरीय प्रहरी वृत्त वालाजुबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा डाईजेपाम, फेनरागन र नुफिन गरी १ सय ३२ एम्पुल लागुऔषध बरामद गरेको छ ।
सोही घटनामा संलग्न तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने अजय लामा समेतलाई पक्राउ गरेको छ । सबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।