डोटी । डोटीको बडीकेदार गाउँपालिका–३ घागल धारापानीबाट एक जनालारई भरुवा बन्दुक सहित बुधबार प्रहरीले प्रक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटी र प्रहरी चौकी घागलको संयुक्त टोलीले एक नाले भरुवा बन्दुक सहित एक जनालाई एक घरबाट अर्को घरमा लगिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले जानकारी दिए ।
उनले भने, ‘एकनाले भरुवा बन्दुक सहित समातिएको छ, अनुसन्धानको क्रममा छौँ निजले लिएको बन्दुक लाईसेन्स प्राप्त हो होईन, भएको खण्डमा नबिकरण छ, छैन अनुसन्धान गरिरहेका छौ ।’
अनुसन्धानको क्रममा जिजले बोकेको हतियार अबैध भएको अवस्थामा हात हतियार खरबजना तथा बिस्पोटक पदार्थ कसुर अन्तर्गत कारबाही हुने समेत नायब उपरिक्षक धामीले बताए ।
पक्राउ परेका निज ब्यक्तिलाई अहिले प्रहरीले अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।