७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार खड्काको खोजी गर्न पाँच सदस्यीय टोली गठन

अ+ अ-

डोटी । पत्रकार तेज बहादुर खड्काको खोजीका लागि टोली गठन गरिएको छ । आठ महिनादेखि बेपत्ता पत्रकार महासङ्घ डोटीका सदस्य खड्काको खोजीका लागि ५ सदस्यीय टोली गठन गरिएको हो ।

नेपाल पत्रकार महासङ्घको ६४ औँ स्थापनादिवसको अवसरमा शनिवार डोटीमा आयोजित अन्तरक्रिया कार्यक्रममा आठ महिनादेखि कसैले पत्ता लगाउन नसकेका खड्काको खोजी गर्न महासंंघ डोटीले एक टोली गठन गरी घटनाको अध्ययन गर्ने तयारी गरेको हो ।

नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष योगेन्द्र बलायरको संयोजकत्वमा टोली गठन गरिएको हो । टोलीमा प्रेस चौतारी डोटीका अध्यक्ष झलक पाली, प्रेस युनियनका अध्यक्ष प्रकाश बम, प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष कर्ण चन्द र पत्रकार महासङ्घका कोषाध्यक्ष अरुण बम सदस्य रहेका छन् ।

टोलीले पत्रकार खड्काको परिवार, आफन्तजन, सरोकारवालासँगको समन्वय तथा घटनास्थलको अध्ययन गरी प्रतिवेदन तयार गर्ने छ । सो प्रतिवेदन नेपाल पत्रकार महासङ्घका केन्द्रीय तथा प्रदेश कमिटी र नेपाल सरकारका अन्य सम्बन्धित निकायहरूमा पेस गरिने छ ।

पत्रकार खड्का हराएको लामो समय बितिसक्दा विभिन्न निकायहरूबाट पनि खोजी कार्य हुँदा पत्ता लाग्न सकेन । खोजीका लागि सरोकारवाला निकाय सबैसँग पहल गरेर पनि भेटिएन । फेरी टोली नै गठन गरी खोजीको कार्य अघि बढाइएको छ ।

२०७५ भाद्र १० गते बाजुराको बुढीनन्दामेला बाट रिपोर्टिङ गरेर फर्फिने क्रममा सम्पर्क विहीन भएका खड्का अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. १ तिखा घर भएका पत्रकार खड्का प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष तथा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायल हुँदै केन्द्रीय प्रसारणमा समेत काम गरेका खड्का पछिल्लो समयमा बाजुराको रेडियो बुढीनन्दमा कार्यरत थिए ।

पत्रकार खड्का हराए लगत्तै स्थानीय स्तरमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी गरे पनि फेला परेनन्

प्रतिक्रिया दिनुहोस