९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा अवैध औषधिसहित चार पक्राउ

अ+ अ-

भद्रपुर । झापाको दक्षिणी नाका कचनकवलबाट अवैधरूपमा नेपाल भित्र्याइएको रु २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, झापाको बाह्रदशी गाउँपालिका–४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इम्तियाज आलम र २८ वर्षीय ताहिर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनीहरुलाई मे १ च ४०६३ नं को मारुति भेन, भारतीय नम्बर प्लेट बीआर ३७ जी १४४० को मोटरसाइकल र मे ६ प १०१६ नम्बरको नेपाली मोटरसाइकलमा औषधि लुकाइछिपाई भारतबाट ल्याउँदै गरेको अवस्थामा कचनकवल गाउँपालिका–१ स्थित अस्थायी प्रहरीचौकीबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा शनिबार पक्राउ गरेको थियो ।

बरामद गरिएको औषधिमा ब्रेस्टिम आयल तेल ७९९ बट्टा, ओर्लिम्याक्स ३१० क्याप्सुल उल्लेखित भएको ५ कार्टुन, फ्लोमिस्ट नासल स्प्रे २ कार्टुन, केयरप्रोस्ट नाम उल्लेखित रहेको २ कार्टुन, एमएग्रा उल्लेखित १ हजार बट्टा र जुरिक उल्लेखित १ कार्टुनमा रहेको ४०५ बट्टा फोरडम उल्लेखित एक हजार २०० बट्टालगायत रहेको छ ।

सो सामानको मूल्य रु २२ लाख ३० हजार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । बरामद गरिएको अधिकांश औषधि यौन उत्तेजना बढाउन प्रयोग गरिने किसिमको रहेको छ । मुख्य अभियुक्त फुन्चोक लामाले सो सामान काठमाडौँ लैजान लागेको प्रहरीले जनाएको छ ।

बरामद औषधि आजै औषधि व्यवस्था विभागको कार्यालय विराटनगर पठाइने उनले बताए । पक्राउ गरिएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर कानूनी कारवाहीका लागि अनुसन्धान भइरहेको उपरीक्षक मैनालीले बताए ।

सोही अवसरमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका लत्ताकपडा, भाडा वर्तनलगायतका रु ७ लाख ७८ हजार बराबरका सामग्री पक्राउ गरिएको जानकारी दिएको छ । ती सामग्री आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । प्रहरीले मेचीनगर, भद्रपुर नगरपालिकालगायतका विभिन्न स्थानबाट बरामद भएको तीन सय लिटर घरेलु मदिरा समेत आज नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस