काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दू राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाब दिन आइतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।
कमल थापा नेतृत्वको राप्रपाले ८१ प्रतिशत हिन्दूहरु रहेको मुलुकमा हिन्दू राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो।
काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ।
संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको योजना छ।