९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौलिकता राष्ट्रको धरोहर : पूर्व राष्ट्रपति डा. यादव

अ+ अ-

काभ्रेपलाञ्चोक । पूर्व राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रलाई विश्वभर चिनाउने मौलिकता राष्ट्रको धरोहर भएको बताएका छन् ।  काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ अन्तर्गत सम्मान कार्यक्रममा उनले भने, ‘मौलिकता राष्ट्रको धरोहर हो, मौलिकताले राष्ट्रलाई विश्वभर चिनाउँछ ।’

उनले सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताए। पूर्व राष्ट्रपति डा.यादवले नेपाल आर्य र मङ्गोल सभ्याताको बीचमा रहेको उल्लेख गर्दै नेपालीले आफ्नो मौलिकता छाड्न नहुने बताए। ‘वेदबाट शुरुभएको हाम्रो मौलिकता आधुनिक युगसम्म आइपुग्दा बिर्सेका छैनौँ’, उनले भने, ‘अब पनि हामीले हाम्रो मौलिकता छाड्नुहुन्न ।’ नेपाली कला, संस्कृति र सभ्यताले नेपाल विश्वभर चिनिएको उनको जिकिर थियो ।

पूर्व राष्ट्रपति डा.यादवले नेपाल विविध भौगोलिकताले भरिएको मुलुक भएकाले यहाँ विभिन्न जातजाति र बहुभाषिक हुनु स्वाभाविक भएको बताए । उनले भने, ‘हामी हिमाली देश भनेर चिनिन्छिौँ, कला र संस्कृतिलाई जोगाउनु हाम्रो दायित्व पनि हो ।’

पूर्व राष्ट्रपति डा यादवले फरक प्रसङ्गमा विपन्नताले ग्रसित हाम्रो मुलुकमा अहिले परिवर्तन आएको बताए । ‘मुलुकमा परिवर्तन भएको छ, आशा गरौँ विपन्नता हट्नेछ’, उनले भने । कार्यक्रममा उनले नाट्यश्वर दशक–सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न–सम्मानबाट चैत्यदेवीलगायत तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा कलाकार तथा पत्रकारलाई सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस