काठमाण्डौं । महानगरीय प्रहरी बिमानस्थल सुरक्षा कार्यालयले सुन सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही १७ गते १६:१० बजे चाईना स्ट्रङ्गको उडानद्धारा KUNMING बाट काठमाण्डौ आएका चाईनिज नागरिक Wang kizhikang लाई सुन जस्तो देखिने धातुलो लकेट अं. १३९ ग्राम सहित नियन्त्रणमा नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।