१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका लागि शिक्षामा लगानी आवश्यक : पूर्वमन्त्री कँडेल

अ+ अ-

सुर्खेत । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले विकासका लागि शिक्षामा लगानी आवश्यक भएको बताएका छन्।

वीरेन्द्रनगर नगरपालिका–१२ गुप्तीपुर सुर्खेतस्थित अमरज्योति माविको नयाँ बन्ने भवनको शिलान्यास कार्यक्रममा सोमबार गर्दै पूर्वमन्त्री कँडेलले शिक्षामा गरिने लगानीले मात्र विकास सम्भव हुने बताए। ‘अमरज्योति यो प्रदेशको उदाहरणीय विद्यालय हो,’ उनले भने, ‘यसलाई प्रादेशिक नमूना विद्यालय निर्माण गर्न पहल गर्छु ।’

अमरज्योतिमा प्रदेशका सबै जिल्लाबाट आएका विद्यार्थी अध्ययन गर्ने भएकाले यसलाई सुविधासम्पन्न र नमूना विद्यालयका रुपमा विकास गर्नुपर्नेमा उनको जोड थियो । शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक भक्तबहादुर ढकालले गुणस्तरीय शिक्षाको आधार निर्माण गरेको अमरज्योति देखाउन लायकको विद्यालय भएको टिप्पणी गरे ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले सामान्य तथा प्राविधिक दुवै धारको शिक्षा दिइरहेको अमरज्योतिलाई प्रदेशकै बहुप्राविधक महाविद्यालयका रूपमा विकास गर्ने योजना रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले अमरज्योति कर्णाली प्रदेशका सबै विद्यार्थी अध्ययन गर्ने विद्यालय भएको जनाउँदै यसलाई प्रदेशकै प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने अभियानमा लाग्ने बताए । चालू आर्थिक वर्षमै सम्पन्न गरिने उक्त भवन निर्माणार्थ प्रादेशिक निर्वाचन क्षेत्रगत प्रदेशस्तरीय नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले बजेट विनियोजन गरेको थियो । नयाँ भवनको अनुमानित निर्माण लागत ५९ लाख रहेको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस