काठमाडौं । बारा र पर्साका हावाहुरी पीडितलाई सहयोग गर्न प्याब्सन र हिसानले आ–आफ्ना विद्यालयलाई आग्रह गरेका छन् ।
जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै निजी तथा आवासीय विद्यालयअर्गनाइजेसन (प्याब्सन) र उच्च विद्यालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले सहयोगमा जुट्न आग्रह गरेका हुन् ।
हिसान र प्याब्सनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै जोखिम व्यवस्थापन र पीडितको जीउध्यानको सुरक्षा दिन, स्वास्थ्य उपचार र राहत जुटाउन तथा मन, बचन र कर्मले साथ दिन सम्बन्धित प्रदेश र जिल्ला समिति तथा विद्यालयलाई आग्रह गरेका हुन् ।