काठमाडौं । नेपाल बार एशोसिएसनको केन्द्रिय कार्यसमिति निर्वाचनमा प्रगतिशील समूहको अग्रता देखिएको छ ।
मंगलबार जारी मतगणनामा प्रगतिशील समूहबाट अध्यक्ष उमेद्वार चण्डेश्वर श्रेष्ठको १९६ र लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलको १०९ मत पुगेको छ ।
महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाको १८५ र लोकतान्त्रिक समूहका लिलामणि पौडेलको १११मत पुगेको छ।
एशोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन भएकोथियो। मतगणना जारी रहेका छ।