काठमाडौं । महानगरीय प्रहरी बिट लगनखेलबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही १८ गते १६:३० बजे ललितपुर महानगरपालिका १५ लगनखेल चोकमा चेकजाँचको क्रममा ललतिपुर गोदावरी नगरपालिका ३ बस्ने वर्ष ३२ को सुजन सिल्वालको साथबाट लागुऔषध डाइजोपाम, नुफिन र फेनरागन गरी एम्पुल १२ एम्पुल, सिरिन्ज ४ थान, नाईट्रोभेट ट्याबलेट ४ थान र नगद रु-२१ हजार रूपैयाँ समेत बरामद गरी निजलाई नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।
साथै महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेक प्वाईन्टबाट आज बिहान ०३:५० बजे भैरहवा देखि काठमाण्डौं आउँदै गरेको लु.२ ख ६६७ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार चितवन पदमपुर बस्ने वर्ष ३६ को राजेन्द्र अधिकारीको साथबाट लागुऔषध डाइजोपाम, नुफिन र फेनरागन गरी ८९ एम्पुल र नाईट्राभेट-९ ट्यावलेट बरामत गरी निजलाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।