११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा नेपाल टेलिकमको सेवा चार दिन देखि अवरुद्ध

अ+ अ-

सिमकोट । दुर्गमको हिमाली जिल्ला हुम्लामा नेपाल टेलिकमको टावरमा रहेको रेडियो लिंकमा पावर डाउन भएपछि विगत चार दिनदेखि टेलिकमका सबै सेवा अवरुद्ध भएका छन् ।

टावरमा रहेको सोलार प्यानलमा हिउ जमेको कारण पावर आपुर्ति नभएपछि पावर डाउन हुँदा रेडियो लिंकले काम नगर्दा संचार सेवा अवरुद्ध भएको हो ।

नेपाल टेलिकमको नेटवर्क अवरुद्ध भएपछि जिएसएम, सिडिएमए, ल्याण्ड लाईन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम हुम्लाले जनाएको छ । टेलिकमको सिमकोट ६ स्थित छोबाखोरमा निर्माण भएको टावरमा रहेको सोलार प्यानलमा हिउ जमेको कारण विद्युत आपुर्ति नहुँदा रेडियो लिंकले काम गर्न छोडेको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगंजका इन्जिनियर सुशिम पोखरेलले बताए । शनिबारबाट हुम्लामा नेपाल टेलिकमका सबै सेवा बन्द रहेका छन् ।

आईतबार उपकरण सहित कर्मचारी टावरमा गएपनि हिउ फाल्न नसके पछि संचार सेवा सुचारु हुन नसकेको उनले बताए। अरु पार्टमा कुनै खराबी नआएको भए सोलार प्यानलको हिउ पन्छाउने बित्तिकै संचार सेवा सुचारु हुने पोखरेलले बताए। सो टावर पुग्न उकालो ३ घण्टा पैदल लाग्ने गरेको छ । सेवा अवरुद्ध भएपछि जिल्लाबाट सबै तिर सम्पर्क विच्छेद भएको छ ।

संचार सेवा अवरुद्ध भए संगै इन्टर नेट सेवा पनि बन्द हुँदा संचारकर्मी यसबाट बढी प्रभावित भएका छन् भने जिल्लामा संचालित रेडियोका केन्द्रीय कार्यक्रमहरु पनि बन्द भएका छन् । ईन्टरनेट सेवाबाट हुने सबै सरकारी तथा गैर सरकारी संस्थाका कामहरु प्रभावित भएका छन् ।

अहिले जिल्लाको अवस्थाका बारेमा जानकारी लिन प्रहरीको सेटमा भर पर्नु परेको छ । त्यो पनि प्रहरी चौकी भएका स्थानहरुको सुचना उपलब्ध हुने गरेको छ ।

यता सदरमुकाम क्षेत्रमा नीजि क्षेत्र संचार सेवा प्रदायक निकाय एनसेलले केही रुपमा भएपनि काम गरि रहेको छ । त्यो पनि एकदम स्लो स्पिडमा रहेको छ । संचारकर्मीले जिल्ला अस्पतालमा रहेको वल्र्ड लिंकको इन्टरनेट सेवाबाट जिल्ला बाहिर समाचार सम्प्रेषण गर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस