१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जन्मसिद्धका सन्तानले पाउन थाले वंशजको नागरिकता

अ+ अ-

भद्रपुर । जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।

वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर टुडू र १७ वर्षीय सन्दिप टुडू रहेका छन् । दुबै जनाका बाबुआमाले २०६३ सालमा नागरिकता वितरण टोलीबाट जन्मका आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाएका थिए ।

जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनुपर्ने माग विगत लामो समयदेखि उठाउँदै आएको भएपनि त्यो पूरा हुन सकेको थिएन ।

गृह मन्त्रालयले १९ चैतमा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो । लगतै जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउन थालेका छन् ।

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय सार्वजनिक भएपछि अहिले झापालगायत देशैभरका प्रशासन कार्यालयमा वंशजका आधारमा नागरिकता लिन आउनेहरुको भीड बढेको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार विगत दुई दिनमा झापा जिल्ला प्रशासन कार्यालयबाट जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका १३५ सन्तानले वंशजका आधारमा नागरिकता पाएका छन् ।

गृहमन्त्रालयले संविधानको धारा ११ (३) बमोजिम जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजका आधारमा नागरिकताको प्रमाणपत्र दिनु भनी परिपत्र पठाएको हुँदा बिहीबारदेखि झापामा समेत त्यस्तो नागरिकता प्रदान गर्न शुरु गरिएको सहायक प्रजिअ पोखरेलले बताए ।

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले झापाबाट बिहीबार ७२ र शुक्रबार ६३ गरी कुल १३५ जनाले वंशजका आधारमा नागरिकता पाएको जनाइएको छ । विसं २०६३ मा नागरिकता टोलीले गाउँ(गाउँ पुगेर जन्मका आधारमा नागरिकता प्रदान गरेको थियो । झापामा त्यतिबेला २२ हजार ४८१ जनाले जन्मका आधारमा नागरिकता प्राप्त गरेका थिए ।

नागरिकता पाउनेमा सन्थाल, राजवंशी, मधेसी लगायतका समुदायको ठूलो सङ्ख्या छ । जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान वालिग भइसक्दा पनि नागरिकता नपाउँदा पढाइ र रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको थियो ।

अब त्यो अवरोध भने हटेको छ ।‘शुक्रबार वंशजको नागरिकता पाएका विर्तामोड–७ का सन्दिप टुडूले भखैरै गरामनीको दुर्गा माविबाट एसइई परीक्षा दिएका छन् । उनले आफ्नो नागरिकतामा वंशज लेखिएको देख्दा साह्रै खुशी लागेको प्रतिक्रिया दिए । उनले भने, ‘अब जागिर खानका लागि ढोका खुल्यो ।’

उनका २२ वर्षीय दाजु समीरले नागरिकता नभएकै कारण दुई वर्षदेखि पढाइ छाडेका छन् । उनले अव व्यापार गर्ने सोच बनाएको बताए ।

वंशजका आधारमा नागरिकता पाउनका लागि बाबुआमा दुवैले जन्मका आधारमा नागरिकता लिएको हुनुपर्ने प्रजिअ पोखरेलको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस