८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वका सबैभन्दा धनी सात महिला

अ+ अ-

विश्वका सबैभन्दा धनी व्यक्ति र उनकी श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि सम्पत्तिको बाँडफाँटको कुरा पनि ठूलो हुने नै भयो।

एमेजनका मालिक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तबारे पनि सहमति गरे। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको छ।

सम्बन्धविच्छेदपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अन्लाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत हिस्सा हुनेछ। अब मक्केन्जी संसारकी तेस्री धनी महिला बनेकी छन्।

बेजोस दम्पतीको सम्बन्धविच्छेदलाई अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ। उनीहरूबीच २५ वर्ष वैवाहिक सम्बन्ध थियो। तर विश्वका धनी महिलाहरूको सूचीमा अरू को को छन् ? र, उनीहरू त्यहाँसम्म कसरी पुगे ?

१ फ्राँस्वाज बेताँकूर–मायर्स
फोब्र्स पत्रिकाका अनुसार कुल ४९.३ अर्ब डलर बराबरको सम्पत्तिसहित उनी विश्वकी पहिलो धनी महिला हुन् भने विश्वका धनी व्यक्तिहरूको सूचीमा १५ औँ स्थानमा छन् ।

सौन्दर्यका सामान उत्पादन गर्ने लोरिआल ब्रान्डकी फ्रान्सेली उत्तराधिकारी फ्राँस्वाज बेताँकूर मायर्सको सो कम्पनीमा परिवारसहित ३० प्रतिशत हिस्सा छ ।

सन् २०१७ को सेप्टेम्बरमा ९४ वर्षको उमेरमा आमाको निधन भएपछि पैँसट्ठी वर्षीया बेताँकूर मायर्समा उक्त सम्पत्तिको स्वामित्व सरेको हो । दुवै जना एकअर्कासँग छुट्टिएका थिए र सन् २००७ मा उनीहरूबीच विवाद सुरु भएको थियो।

स्वास्थ्यस्थिति बिग्रिँदै जाँदा सहयोगीहरूबाट आफ्नी आमामाथि शोषण भएको भन्दै बेताँकूर मायर्सले मुद्दा हालेकी थिइन् । यद्यपि उनको मृत्युअघि मेलमिलापमार्फत सो मुद्दालाई टुङ्ग्याइएको थियो । बेताँकूर मायर्स एक प्राज्ञ पनि हुन् र उनले ग्रीक देवताहरूका बारेमा र यहुदी(इसाईका सम्बन्धबारे पुस्तक लेखेकी छन् ।

२. एलिस वाल्टन
विश्वका सबैभन्दा धनीहरुको सूचीमा रहेकी एलिस वालटन कुल ४४.४ अर्ब डलर बराबरको सम्पत्तिसहित १७ औं स्थानमा छन् ।

उनी हुन् अमेरिकी सुपरमार्केट वालमार्टका संस्थापक साम वाल्टनकी एक्ली छोरी । अहिले उनी ६९ वर्षकी भइन् । पारिवारिक कम्पनीबाट निस्केर कलामा केन्द्रित भएकी उनी अर्कान्ससस्थित क्रिस्टल ब्रिज्स म्युजियम अफ अमेरिकन आर्टकी प्रमुख बनिन् ।

३. मक्केन्जी बेजोस
मक्केन्जी बेजोस सँग ३५.६ अर्ब डलर बराबरको छ । उनीसँग यो भन्दा अझ बढी रकम हुनसक्ने जनाएको छ । यो रकम उनको एक हिस्सा मात्रै हो ।

४८ वर्षकी उनी चार सन्तानकी आमा हुन् । सन् १९९३ मा उनको जेफ बेजोससँग बिवाह भएको थियो । जेफले एक वर्षपछि एमेजनको स्थापना गरिन् । क्यालिफोर्नियाकी मक्केन्जी एमेजन कम्पनीमा काम गर्ने पहिलामध्येकी एक कर्मचारी पनि हुन् । उनले लेखापालको रूपमा जागिर गरेकी थिइन् ।

उनका दुईवटा आख्यान पुस्तक छापिएका छन् । उनका प्रशिक्षक लेखक टोनी मोरिसन हुन ।

४. ज्याक्लिन मार्स
उनी हुन २३.९ अर्ब डलर सम्पत्तिका मालिक । मक्केन्जी बेजोस धनी महिलाहरूको सूचीमा पर्नुअघि मार्स तेस्री धनी महिला थिइन् । त्यति बेलासम्म उनलाई विश्वकी ३३ औँ सर्वाधिक धनी महिला मानिन्थ्यो ।

७९ वर्षकी उनी विश्वका सबैभन्दा ठूलो कन्फेक्शनरी अर्थात मिठाई उत्पादक मार्समा एकतिहाइ स्वामित्व छ । उनको हजुरबुवाले सन् १९११ मा त्यसको स्थापना गरेका थिए । २० वर्षसम्म पारिवारिक व्यवसायमा संलग्न रहेकी उनी सन् २०१६ सम्म बोर्ड सदस्य पनि रहिन् ।

अहिल उनी समाजसेवीकी रूपमा चिनिन्छिन्। उनी वाशिङ्टन न्याश्नल ओपेरा र न्याश्नल आर्काइभको बोर्ड सदस्य छिन्। मार्स भनेको अमेरिकामा जनावरहरूका लागि खाना उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो ।

५. यान हुइयाङ
कुल २२.१ अर्ब डलर बराबरको सम्पत्तिसहित चीनकी सबैभन्दा धनी महिला र विश्वकी ४२ औँ धनी व्यक्ति हुन् । सैँतीस वर्षीया यान हुइयाङको अधिकांश हिस्सा चीनमा घरजग्गा कारोबार गर्ने कन्ट्री गार्डेन होल्डिङमा छ ।

सन २०१६ मा कन्ट्री गार्डेन विश्वको तेस्रो ठूलो घरजग्गा कारोबार कम्पनी रहेको उनको वेबसाइटले बताएको छ । उनले ओहायो विश्वविद्यालयमा पढेकी हुन् ।
उनको कम्पनीको ५७ प्रतिशत हिस्सा उनको बुवाबाट आएको हो ।

६. जुजान क्लाटन
कुल २१ अर्ब डलर बराबरको सम्पत्तिसहित उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा ४६ औँ स्थानमा छिन् । यो सूचीमा पर्ने यी ५६ वर्र्षीा जर्मन महिला दोस्रो युरोपेली हुन् । कार कम्पनी र औषधि निर्माण कम्पनीमा उनको लगानी छ ।

आमाबुवाको निधन भएपछि एल्टाना एजी रासायनिक कम्पनीको ५० प्रतिशत हिस्सा उनलाई आयो । त्यसबाहेक बीएमडब्ल्यूमा पनि उनी र उनको भाइको ५० प्रतिशत शेयर छ । एल्टाना एजी कम्पनी अहिले उनको निजी भएको छ ।

७. लरेन पावेल जब्स
कुल १८.६ अर्ब डलर बराबरको सम्पत्तिसहित उनी विश्वका धनीहरूको सूचीमा ५४ औँ स्थानमा पर्छिन् ।

उनी एपल कम्पनीका सहसंस्थापक स्टिभ जब्सकी श्रीमती हुन् । श्रीमान्‌को निधनपछि एपल र डिज्नीबाट उनलाई २० अर्ब डलर बराबरको स्वामित्व आएको थियो ।

त्यसयता यी ५५ वर्षीया महिलाले केही रकम पत्रकारितामा लगानी गर्दै एट्लान्टिक म्यागजिनका साथै गैरनाफामूलक मदर जोन्स र प्रोपब्लिकामा ठूलो शेयर लिइन् ।बिबिसी

प्रतिक्रिया दिनुहोस