काठमाडौं । सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ ।
यो मूल्य अघिल्लो कारोबार दिनको (शुक्रबार) भन्दा ३ सय रुपैयाँले बढेको हो ।
तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।