१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्तरी वर्षमा घरमै नागरिकता

अ+ अ-

जाजरकोट । शिवालय गाउँपालिका–४ की ७० वर्षीया देउमती बुढाले नातिको सहारामा लौरी टेक्दै गाउँपालिकाको प्रशासकीय केन्द्र एैरेलीबाट नागरिकता पाएका छन् ।

जिन्दगीका सात दशक पुगेपछि नागरिकता पाएर उनले अब भोट हाल्ने चाहना पूरा भएको बताए । “भोट नै हाल्न नपाएर मरिन्छ कि जस्तो लागेको थियो, अब केही वर्ष बाँचे भने भोट र वृद्धभत्तासमेत पाउने भएँ”, उनले भने, “स्थानीय सरकार गाउँमै गठन भएपछि मैले नागरिकता पाएँ, छोराछोरी सबैको नागरिकता थियो, मतदान गर्नेदेखि सबै काम नागरिकताबाट गर्थे, मेरो केही नभएकाले सबै कुराबाट वञ्चित थिएँ ।” जिल्लाको पश्चिम क्षेत्रमा पर्ने शिवालय गाउँपालिकामा चैत २४ गतेदेखि बृहत् घुम्ती शिविर शुरु भएको छ । त्यहाँ नागरिकता, उद्योग दर्ता, फोटोसहितको मतदाता नामावली सङ्कलन सबै शुरु भएको छ ।

सदरमुकाम आउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका ठूलो सङ्ख्यामा रहेका स्थानीयवासीले नागरिकताको प्रमाणपत्रका साथै फोटोसहितको मतदाता नामावली भरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।

उनले भने, “यो बस्ती विकट छ, सदरमुकाम जान दुई दिन लाग्छ, सजिलै वृद्धवृद्धा सदरमुकाम गएर आउनसक्ने अवस्था नभएकाले जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा बृहत् शिविर सञ्चालन गरेर जनताको घरदैलोमा सेवा प्रवाह गरिएको छ ।” टेलिफोन सेवाको राम्रो पहुँच नभएको यो क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा सूचना दिन र लिन सधैँ हम्मेहम्मे हुने गर्दछ ।

नागरिकताकै कारण जिन्दगीभर सरकारी सेवा लिन नपाएका स्थानीयवासी नागरिकता पाएपछि सरकारी सेवा पाउने अवसर मिलेको भन्दै खुशी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले टेलिफोनमार्फत जानकारी दिए ।

बृहत् शिविर भएको ठाउँमा सेवा लिन आउने स्थानीयवासीको बाक्लो भीड रहेको भन्दै उनले भने, “हामीले अधिकांश स्थानीय तहमा सबै प्रकारका सेवाप्रवाह गर्ने उद्देश्यले काम गर्दै आएका छौँ, तर शिविर सञ्चालन गरेको ठाउँमा नागरिकता लिनेको सङ्ख्या ठूलो रहेछ, धेरै जनता नागरिकता पाउनबाट बञ्चित भएको पाइयो ।” जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको सहकार्यमा अहिले जिल्लाका अधिकांश ठाउँमा बृहत् घुम्ती शिविर हुँदै आएको छ । जिल्लाभरिको तथ्याङ्क हेर्दा धेरै मात्रामा जनताले नागरिकता अझै नपाएको पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस