११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने : उपराष्ट्रपति पुन

अ+ अ-

ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघले आज पुल्चोकमा आयोजना गरेको ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला’ को उद्घाटन गर्दै उनले तीन तहको सरकारको साझा एजेण्डा विकास र समृद्धि हुनुपर्नेमा जोड दिए ।

उनले देश अहिले समृद्धिको बाटोमा अघि बढेको औँलाए । नेपाली जनतामा छोटो समयमा नै खुशी र सुखी हुन पाइयोस् भन्ने अपेक्षा रहेको उनले बताए । उनले भने, ‘जनताका यी अपेक्षा पूरा गर्नका लागि संघीय सरकारसँगै स्थानीय सरकार र प्रदेश सरकार पनि लाग्नुपर्छ ।’

सरकारको समृद्धिको नारा साकार बनाउन नेपालमा पर्याप्त स्रोत भएको उपराष्ट्रपति पुनले औँल्याए । भ्रष्टचार र अनियमितता देशको प्रमुख समस्याका रुपमा रहेको उनले बताए । उनका अनुसार भ्रष्टाचार कम हुन नसक्दा त्यसको असर सबै क्षेत्रमा परेको छ । उनले भने, ‘भ्रष्टचारकै कारण अहिले विकासका लागि छुट्याइएको बजेट बालुवामा पानी हालेजस्तै भएको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पम्फा भुषालले यस क्षेत्रमा पर्यटनको विकास गर्न आवश्यक भएको बताए । पर्यटनको विकासले यहाँका उत्पादनको बजारिकरणको समस्या समेत हल हुने उनले बताए । उनले भने, ‘पर्यटनका लागि आवश्यक भौतिक पूर्वाधार विकासका लागि सरकार र निजी क्षेत्र दुबै मिलेर लाग्नुपर्छ ।’

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कर सङ्कलनका लागि संघले महानगरपालिकालाई सहयोग गर्नुपर्ने बताए । विश्व कला परिषद्ले ललितपुरलाई कला नगरी घोषणा गर्नु यहाँको विकासका लागि महत्वपूर्ण भएको उनले प्रष्ट पारे ।

संघले वर्षेनी संघको स्थापना दिवसको अवसरमा मेलाको आयोजना गर्दै आएको अध्यक्ष कृष्णलाल महर्जनले बताए । जिल्लाभरमा रहेका स्थानीय उत्पादन र व्यवसायलाई अन्तर्राष्ट्रियस्तरसम्मै प्रवर्द्धन गर्ने उद्देश्यले यसवर्ष पनि मेलालाई निरन्तरता दिन लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस