१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक, संस्कृति संरक्षणमा स्थानीय सरकार

अ+ अ-

डोटी । परम्परागत रुपदेखि चलन चल्तीमा रहेका लोक संस्कृती दिनानु दिन लोप भईरहेको अवस्थामा डोटीमा भने स्थानीय सरकारले संरक्षण र सवर्द्धनमा जोड दिएको छ ।

लोक संस्कृति संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले केआई सिंह गाउपालिका वडा नम्बर ५ रानागाउँले १५ दिने परम्परागत लोक संस्कृती संरक्षण तथा बिकास तालिमको शुक्रबार एक कार्यक्रमका बिच समापन गरेको छ ।

आफ्नो लोक संस्कृति तथा परम्परा लोप भइरहेका बेला गाउपालिकाले तीनको संरक्षणका साथै ब्यवसायिक बनाउन तालिम संचालनको आयोजना गरेको केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए ।

लोक संस्कृती हाम्रो गहना भएकोले तिनको प्रवर्द्धन र बिकासमा सदैब लाग्ने समेत अध्यक्ष शाहीले बताए ।  ५ नं. वडा कार्यालयका वडा अध्यक्ष रामचन्द्र राणाले डोटेली संस्कृति आफैमा लोकसंस्कृतीको धनी भएपनि पछिल्लो समय लोप हुदै गएको प्रति चिन्ता ब्यक्त गरे ।

वडाध्यक्ष राणाले दलित जातीले परम्परागत रुपमा अंगाल्दै आएको हुड्के र पञ्चेबाजालाई ब्यावसायीक रुपमा अघि बढाई स्वरोजगारमूखि बनाउन वडा कार्यालयले लगानी गरेको बताए । उनले आगामी दिनमा त्यसका लागि थप लगानी गर्ने समेत प्रतिबद्धता गरे ।

कार्यक्रमका बिशिष्ट अतिथीका रुपमा रहेका नेपाल दलित संघका जिल्ला अध्यक्ष लाल बहादुर बिकले दलितहरुले आत्मनिर्भर हुन जरुरी रहेकोमा जोड दिए । उनले दलितहरुका हक अधिकार र मौलिक संस्कृतिको संरक्षणका लागि संबैधानिक अधिकार दिएको त्यसको सदुपयोग गर्नु पर्ने बताए ।

त्यस्तै दलित संघका पूर्व अध्यक्ष कुमार टेलरले दलित जातीलाई दिएको तालिम जिल्लाकै नमुना रहेको भन्दै प्रशंसा गरे । उनले त्यसको सदुपयोग गर्न जोड गर्दै संस्कृतिको संरक्षणमा लाग्न आग्रह समेत गरे ।

वडामा रहेका दलित परिवारले अंगाल्दै आएको परम्परागत हुड्के तथा पञ्चेबाजालाई ब्यावसायीक बनाउन वडा कार्यालयले तालिमको आयोजना गरेको थियो । तालिममा १५ जना दलित युवाहरुको सहभागि रहेको थियो । तालिमका लागि पूर्वबाट दुई जनालाई प्रशिक्षकका रुपमा बोलाइएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस