८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट

अ+ अ-

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र दक्षिण कोरियाका राष्ट्रिय सभा सांसद वन यो चुल ‍ ‍(WON YO CHUL)  नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शुक्रबार शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र दक्षिण कोरिया बीचको सम्बन्ध मित्रता, समझदारी र द्धिपक्षीय सहयोगको आधारमा अगाडि बढेको धारणा राखे ।

उनले बेलाबेलामा हुने उच्चस्तरीय भेटघाटले दुई देशबीच सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लगेको र आगामी दिनमा थप मजबुत हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपाल र कोरियाबीच भगवान गौतम बुद्धको दर्शनमा आधारित संस्कृति र धर्मको सन्दर्भमा धेरै समानता रहेको बताउँदै दक्षिण कोरिया सरकारको विकास सहयोग प्रदान गर्ने प्राथमिकतामा साझेदार राष्ट्रको सूचीमा नेपाल पनि सूचीकृत गरिएकोमा कोरिया सरकारलाई कृतज्ञता प्रकट गरे।

त्यसैगरी कोरियाका प्रतिनिधिमण्डका संयोजक राष्ट्रिय सभाका सांसद वन यो चुलले नेपालले कोरियालाई र कोरियाले नेपाललाई विश्वमञ्चमा सहयोग गरिरहेकोमा नेपाललाई धन्यवाद व्यक्त गरे ।

उनले नेपाल एसिया प्यासिफिक पार्लियामेन्टरी कन्फ्रेन्स इन्भाइरिमेन्ट डेपलभमेन्टमा सदस्य राष्ट्रको रुपमा रहेको हुनाले वातावरण र विकासमा एसियाको एउटै धारणा ल्याउनु जरुरी रहेको बताउँदै वातावरण संरक्षणको लागि नेपालसँग समन्वय गरी काम गर्ने बताए ।

त्यस्तैगरी उनले कोरियाले नेपाललाई अहिले गरिरहेको सहयोगलाई आमामी दिनमा पनि निरन्तरता दिने कुरामा आश्वस्त पारे ।

प्रतिक्रिया दिनुहोस