९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँगाउँमा बिजुली, स्थानीयवासीलाई सहज

अ+ अ-

डोटी । कुनैबेला राति अन्धकार रहने यहाँका केही गाउँपालिका पछिल्लो समयमा झिलिमिली देखिन थालेका छन् ।

खोलाको पानीले विद्युत् उत्पादन गरेर वितरण गरेपछि जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको चवराचौतारा, सायल गाउँपालिकाको देवरमाण्डु, सायलगाउँ, बसाइखोला, साप्रेवेटारा, बडीकेदरा गाउँपालिकाको मन्नाकापडी, जुनी तथा जोरायल गाउँपालिकाको चौकी, गड्सेरा, निरौलीलगायतका गाउँ झिलिमिली भएका हुन् । बोगटान फुड्सिल गाउँपालिकाको स्थानीय टुँडागाड खोलाको पानी प्रयोग गरी ६५ किलोवाट क्षमताको टुँडागाड लघुजलविद्युत् आयोजना निर्माण भएपछि उक्त गाउँपालिकाका केही वडाहरु पूरै झिलीमिली बनेको छ ।

टुँडागाड लघुजलविद्युत् आयोजनाबाट सो गाउँपालिकाका उमुडी, बिठारीगाउँ, चनुकाँडा, सुकाटी, दाच्का, खत्याडी, लखुडा, बजेली, सुकातोलालगायतका ५०० घरधुरी लाभान्वित भएका स्थानीय देवबहादुर बमले जानकारी दिए । उनले भने, “बिजुली निकालेपछि गाउँगाउँ झिलिमिली बनेका छन्, अहिले त हाम्रा गाउँ शहरभन्दा कम छैनन् ।” आयोजना सञ्चालनमा आएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, विद्यालयमा कम्प्युटर विषयमा पठनपाठन सञ्चालन गर्न सुविधा पुगेको खत्याडी उच्च माविका प्रधानाध्यापक महेन्द्रसिंह ठगुन्नाले बताए।

उनले भने, “विद्युत् नहुँदा विद्यार्थीलाई सिकाउन ल्याइएका कम्प्युटर त्यत्तिकै थन्केका थिए, बत्ती आयो अब कम्प्युटर पढाइ गर्न सजिलो भएको छ ।” करीब रु तीन करोडको लगानीमा उक्त आयोजना सम्पन्न भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गडसिलाले बताए । “गरे के नहुँदोरहेछ र, निकै मेहेनतका साथ लाग्यौँ अन्ततः बत्ती बालेरै छोड्यौँ”, उनले भने, “हामी पनि अन्धकारबाट मुक्त भयौँ ।”

डोटीको चवराचौतारासहित, गसेरा, निरौली, मन्नाकापडी, बर्छैन तथा साइलगाउँमा सञ्चालनमा आएका लघुजलविद्युत् आयोजनाले सो क्षेत्रमा झिलीमिली भएको छ भने विद्युत् सञ्चालनपछि खुलेका कुटानी पिसानीका मिलहरुले गाउँलेलाई रोजगार बनाएको जोरायल गाउँपालिका–५ गडसेराकी दर्गादेवी विष्टले बताए । उनले भने, “गाउँमा बिजुली आएपछि केटाकेटीलाई पढ्न सजिलो र मिल खुलेपछि हामीलाई कुटानीपिसानीमा सहज भएको छ ।”

गाउँघरमा पर्याप्त बिजुली हुनुका साथै बिजुलीबाट सञ्चालित मिलहरु जडान भएपछि यहाँका महिलालाई वर्षौैँदेखि प्रयोग गर्दै आएको ढिकी जाँतोको समस्याबाट पनि छुट्करा मिलेको छ । गाउँमै बिजुली उत्पादन गरिएपछि यहाँका स्थानीयवासी निकै खुशी भएको बडीकेदर गाउँपालिका मन्नाकापडीका स्थानीयवासी लालबहादुर मौनीले बताए । उनले भने, “वर्षौंखि अन्धकारमा बस्न र सल्लाको दियालो (झुरो) बाल्न बाध्य थियौँ, बिजुली आएपछि सबै काम राम्रो भएको छ ।”

विद्युत् विस्तारसँगसँगै यहाँका हरेक विद्यालयमा कम्प्युटरकक्षाको पढाइ हुन थालेको शिक्षकहरु बताउँछन् । त्यस्तै विद्युत विस्तार नभएका अन्य गाउँपालिकाले पनि विद्युत्को माग गर्दै आएका छन् । विद्युत् नभएका गाउँमा चाँडै विद्युत् विस्तारको काम गरिने डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस