१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीपारि जान वैकल्पिक सडक

अ+ अ-

बनेपा । जिल्लाको विकट क्षेत्र कोशीपारि जानका लागि अब वैकल्पिक सडक खुलेको छ । काभ्रेपलाञ्चोकको कोशीपारि भुम्लु गाउँपालिकाको सिलामेबाट बेखसिम्ले जोड्ने मोटरबाटो सोमबारदेखि शुरु भएको हो ।

सो मोटर बाटो खुला गर्न विगत नौ वर्षदेखि नै काम शुरु गरे पनि सम्पन्न हुनसकेको थिएन । डिभिजन सडक कार्यालयको करीब एक करोडको लागतमा सडकको ट्र्याक खुला गरेपछि यात्रुबाहक बस सञ्चालनमा आएको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए।

सडक खन्ने काम सम्पन्न भएपछि यात्रुबाहक बस सञ्चालनमा ल्याइएको उल्लेख गर्दै अध्यक्ष कुँवरले अब सो भेगका स्थानीय बासिन्दाका लागि आवतजावतमा सहज हुनुका साथै त्यहाँ उत्पादन गरेका तरकारी बजारसम्म पुर्‍याएर आम्दानी गर्न सहज हुने बताए ।

उनले भने, “नौ वर्ष अगाडिदेखि शुरु भएको बाटो यसअघि सापिङ गाविसबाट एक लाख ७५ हजार रकम छुट्याएर शुरु गरेकामा माथिबाट र तलबाट गरी दोहोरो शुरु गरे पनि भट्टेटार भन्ने स्थानमा करीब ७०० मिटर चट्टाने भीर परेका कारण खुल्न सकेको थिएन, ट्र्याक खोल्न डिभिजन सडक कार्यालयमार्फत काम गरेपछि अहिले यो काम सम्पन्न गरी बस सञ्चालनमा ल्याएका हौँ ।”

सडकलाई थप विस्तार गर्न यसै वर्ष प्रदेश सरकारको रु ५० लाख योजना परिसकेको गाउँपालिका अध्यक्ष कुँवरले बताए । जिल्लाको कोशीपारि सञ्चालन हुँदै आएको पुरानो बाटो मर्मत सुधार गर्नुपर्ने भएका कारण बन्द भएपछि सो सडकलाई सोमबारदेखि नै खुला गरिएको छ । पहिलादेखि सञ्चालनमा आएको सडकहुँदै कोशीपारिको बेखसिम्ले पुग्नलाई चार घण्टा लाग्ने गरेकामा अब भने सो नयाँ सडकबाट दुई घण्टामा नै पुग्नसक्ने स्थानीय उद्धवराज गिरीले बताए ।

स्थानीय बासिन्दा देवीप्रसाद पन्तले धेरै पहिलादेखि खन्न शुरु गरेको भए पनि रकम अभावका कारण खोल्न नसकेको सडकमा अहिले यात्रुबाहक बस सञ्चालनमा आएपछि गाउँमा उत्पादन हुने नगदेबाली बजारीकरण गर्नका लागि निकै सहज हुने र भाडा पनि कम लाग्ने बताए ।

यसअघि जिल्लाको भुम्लु र चौँरीदेउराली गाउँपालिका जानका लागि दोलालघाट हुँदै सल्ले–चौबास–भएर जानुपथ्र्यो । सो सडक खण्डहुँदै छिमेकी जिल्ला सिन्धुपाल्चोकको लिसङ्खुपाखर, बाफल र रामेछापको गुराँसेसम्म यात्रुबाहक बस चल्ने गरेको छ । त्यसका लागि दोलालघाट पारिबाट एउटैमात्र सडक भएका कारण समस्या भोग्दै आएकामा अब सहज भएको स्थानीय बासिन्दाको भनाइ छ । अरनिको यातायात सेवा समितिले सो क्षेत्रका लागि दैनिक २८ यात्रुबाहक बस सञ्चालनमा ल्याइरहेको समितिका अध्यक्ष चित्रबहादुर कुँवरले बताए । रासस

प्रतिक्रिया दिनुहोस