१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मारिजोना ट्रेकिङ ट्रायल’ पदमार्ग अध्ययन गर्ने घोषणा

अ+ अ-

धादिङ । धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययनको घोषणा गरिएको छ । बैशाख १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलद्वारा थाक्रे गाउँपालिका–३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै पदमार्ग अध्ययनको घोषणा गरिउको हो ।

इतिहासलाई स्मरण गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको आयोजनामा १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको हो ।

पर्यटनको प्रचुर संभावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो झण्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो ।

मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीलाई केन्द्रित गरी एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कंडेलले बताए ।

‘ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेका हौें’, उनले भने, ‘सरकारले अगाडी बढाएको समृद्ध नेपाल सुखी नेपाली अभियान सार्थक बनाउन मुल संवाहकको रुपमा पर्यटनलाई महत्वपुर्ण अंगको रुपमा लिएका छौं ।’

तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाँ पदमार्ग खोल्न यही वर्ष अध्ययन हुने उनले बताए ।

‘यस अघि हिमाली क्षेत्र मात्र थियो, महाभारत क्षेत्र पर्यटनका लागि खोलिएको थिएन । यो मार्ग नयाँ प्रयोग पनि हुन्छ’, उनले भने, ‘यस क्षेत्रमा बस्ने तामाङ र चेपाङ जातिको उत्थानका लागि पनि यस मार्गले ठूलो भूमिका खेल्छ ।’

पाँच वटा स्थानीयतहलाई जोड्न तत्काल सडक निर्माण गर्नु पर्ने भएकाले प्रदेश सरकारसँग यसलाई प्राथमिकतामा राख्न अनुरोध गर्ने बताउनुभयो । उहाँले विकासका लागि स्थानीयलाई कस्सिएर लाग्न अनुरोध गरे ।

मारिजोना ट्रेकिङ ट्रायल  नाम राखौं : त्रिपाठी

कार्यक्रमका विशेष अतिथि धादिङ क्षेत्र नं. १ का सांसद भुमि त्रिपाठीले यस क्षेत्र हुँदै अध्ययन गर्न लागिएको चन्द्रागिरी चेपाङहिल पदमार्गलाई गाँजा ट्रेकिङ ट्रायल नाम राख्न प्रस्ताव गरेका हुन् ।

अत्याधिक उत्पादन हुने गाँजाको महत्व बारे प्रष्ट पार्दै त्रिपाठीले पदमार्गको नामै गाँजा हिल राख्ने बताए ।

त्रिपाठीले भने, ‘समृद्धि राजमार्ग क्षेत्रमा मात्र हैन महाभारत लेकमा पनि आउनुपर्छ । कसरी समृद्धि ल्याउने भनेर गृह कार्य गरेका छौं । चन्द्रागिरीदेखि तोप्लाङहुँदै प्रत्येक बसाइमा फरक फरक गन्तव्य बनाइने छन् । सडक कालोपत्रे देखिहोमस्टे प्रवद्र्धनका काममा लागेका छौं ।’

दशौं अर्व खर्च गर्न सक्ने प्रोजेक्ट बनाएको जानकारी दिँदै सांसद त्रिपाठीले संसारकै ठुलो शिव मुर्ति यही रुटमा बनाउन लागिएको बताए

कस्तो पूर्वाधार बनाउन आवश्यक छ भनि अध्ययन गर्न आएको बताउँदै सांसद त्रिपाठीले भने, ‘तोप्लाङमा भ्यूटावर सहित होमस्टे, रानीझरनामा क्यानोनिङ पार्क, थामभञ्ज्याङमा बुद्ध मूर्ति सहित पार्क, भूमिचुलीमा गुम्बा र स्तुपा, कैलाश–सुन्दरनांगीमा संसारकै ठूलो शिव मुर्ति, कान्द्राङ गढीमा पार्क र नोहक गुफा संरक्षण र पदमार्ग निर्माण गर्ने योजना बनाएका छौं । यी कामका लागि प्रस्तावहरु पेश गरिसकिएकोले आगामी बजेटबाटै कार्यान्वयन शुरु हुन्छ ।’

प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले गर्न सक्ने पूर्वाधार निर्माणका निम्ति आफुले सक्दो सहयोग गर्ने बताए

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले यस क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारसँग समन्वय गर्ने बचनबद्धता गरे ।

कार्यक्रममा टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरले छिट्टै नै चन्द्रागिरी चेपाङहिल पदमार्गको संभाव्यता अध्ययन गरिने बताए ।

कार्यक्रममा नेकपा प्रदेश कमिटीका सदस्य नेत्रराज पौडेल, गल्छी गाउँपालिकाका उपाध्यक्ष राधादेवी तिमिल्सिना, गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य गोकर्ण रुपाखेती, थाक्रे र गल्छी गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस