९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी भर्ना नगर्न लोक सेवालाई मुख्यमन्त्रीको पत्र(पत्रसहित)

अ+ अ-

जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशका लागि आवश्यक कर्मचारी भर्नाको अधिकार प्रदेश सरकारमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोक सेवा आयोगलाई पत्र लेखेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोगलाई पत्र लेख्दै प्रदेश २ को प्रदेशस्तर र १ सय ३६ स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न आग्रह गरेका हुन् ।

प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी विधेयक सभामा पेस भई अन्तिम चरणमा रहेको र प्रदेश लोक सेवा आयोग गठन गर्ने तयारीमा प्रदेश सभामा रहेको अवस्थामा लोक सेवा आयोगले प्रदेश र स्थानीय तहसमेतका लागि कर्मचारी भर्ना खुलाउन लागेको भन्दै मुख्यमन्त्री राउतले आयोगलाई पठाएको पत्र पठाएका हुन्।

संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग सम्बन्धी व्यवस्था भए अनुसार प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी प्रदेशसभामा पेस भएको जनाउँदै मुख्यमन्त्री राउतले प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा सरकार रहेको पत्रमा प्रस्ट पारेका छन्।

उनले नेपालको संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानुन बमोजिम हुने र धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद्, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाको गठन र सञ्चालन गर्न सक्ने व्यवस्थासमेत स्मरण गराएका छन् ।

हेर्नुहोस् पत्र

प्रतिक्रिया दिनुहोस