१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षालाई सीप र श्रमसँग जोड्नुपर्छ

अ+ अ-

काठमाडौं । नेपालको शिक्षा नीतिलाई सीप र श्रमसँग जोड्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) का सदस्य सचिव पुष्परमण वाग्लेले अब नेपालको शिक्षा प्रणाली उत्पादनसँग जोडिने र दक्ष जनशक्ति उत्पादन गर्ने हुनुपर्ने बताए ।

अब प्राविधिक र व्यावसायिक शिक्षा दिने शिक्षालयको आवश्यकता रहेको भन्दै उनले हाल सिटिइभिटीमा २०१५ जना भर्ना गर्ने क्षमता रहेको जानकारी गराए । सिटिइभिटी संघीयताको मर्मअनुसार अगाडि बढेको जिकिर गर्दै उनले एक वर्षभित्रमा १०१ स्थानीय तहमा कार्यक्रम पुगेको पनि जानकारी गराए ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नेपालमा पछिल्लो समय आफू केन्द्रित शैक्षिक प्रणालीको विकास भएको भन्दै नैतिकतामा आधारित मानवतावादी शिक्षा हुनुपर्ने बताए । प्राविधिक र गुणस्तरीय शिक्षाको कमीले पछिल्लो समय नेपाली युवाहरुले वैदेशिक रोजगारमा समेत घाटा व्यहोर्नुपरेको उनले बताए ।

कार्यक्रममा अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले ८ कक्षासम्मको शिक्षा निःशुल्क र अनिवार्य गरेको भने पनि सामुदायिक विद्यालयमा समेत शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले शिक्षा, स्वास्थ्य जस्तो आधारभूत क्षेत्रमा पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा मध्यमवर्गीय आय भएका नेपाली ठूलो सकसमा बाँच्नुपरेको भन्दै जनताले भोगिरहेको यस्तो समस्या समाधानका लागि सरकारले उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिए । बौद्ध धर्मगुरु पासाङ तेम्बा शेर्पाले २१ औँ शताब्दीको शिक्षा सीपमूलक शिक्षा हुनुपर्ने भन्दै यसका सरकारले ऐन परिमार्जन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस