९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ

अ+ अ-

घोराही । गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लगे। उनले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्तमा ६० वर्षीय गुप्तासँग रु ४० हजार ऋण लगेका थिए ।

उनले यही वैशाख १ गते सावाँसहित तोकिएको सबै ब्याज पनि बुझाए । सुन फिर्ता माग्दा गुप्ताले ‘१५ प्रतिशतले हुँदैन ४८ प्रतिशत ब्याज दिए मात्र म सुन दिन्छु ।’ भन्दै सुन दिन मानेनन् । गुप्ताले कुनै पनि हालतमा सुन नदिने बताएपछि रेग्मीले जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दाको निवेदन दिए ।

उनको जाहेरी दरखास्तका आधारमा जिल्ला प्रहरी कार्यालयले गुप्तालाई पक्राउ गर्‍यो । पक्राउ गरेसँगै गुप्ताको घरकोठा खानतलासी गर्ने क्रममा अन्य विभिन्न मानिसका २०६ पोका सुनका गरगहना फलामको घर्रामा राखेको भेटियो ।

गुप्ताले लामो समयदेखि त्यहाँका मानिसका गरगहना राख्ने र चर्को व्याजदरमा ऋण लगानी गर्ने गरेको पाएपछि गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोदविक्रम शाहले जानकारी दिए ।

‘मान्छेको विवरण र सुन राखेको भेटाएका छौँ’, शाहले भने ‘अवैध रुपमा सुनको कारोवार गरेको हुँदा र बरामद गरिएका अन्य सुनलगायतका सबुद प्रमाणको आधारमा गुप्ताविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ विपरीतको कसूरमा मुद्दा चलाइएको छ ।’

उनले गुप्तालाई जिल्ला अदालतले थप पाँच दिन म्याद दिएको हुँदा थप अनुसन्धान गरिरहेको जानकारी दिए । बरामद भएका सुनका पोका अदालतको आदेशपछि मात्रै खोलिने हुँदा के कति छन् भन्ने बारेमा जानकारी नभएको बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस