११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भर्नासँगै विद्यार्थीको हातमा पाठ्युपस्तक

अ+ अ-

दार्चुला । यो वर्ष समयमै दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । संविधानत माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएपछि यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ ।

विद्यालयले अहिले विद्यार्थी भर्नासँगै पाठ्युपस्तक विद्यार्थीको हातहातमा दिने गरेका छन् । नौगाड गाउँपालिकास्थित गणेश विनायक मावि सिप्टीले विद्यार्थी भर्ना अभियानसँगै पाठ्यपुस्तक वितरण शुरु गरेको छ । नौगाड गाउँपालिका–४ का वडाअध्यक्ष नन्दनसिंह धामीको उपस्थितिमा विद्यार्थीलाई पाठ्यपुस्तक वितरण शुरु गरिएको शिक्षक जगत्सिह चैसिरले जानकारी दिए ।

नयाँ शैक्षिक सत्रको शुरुमै विद्यार्थीको हात हातमा किताब पुगेपछि विद्यार्थी उत्साहित छन् । झण्डै आठ सय विद्यार्थी अध्ययनरत सिप्टीमा सबैको लागि पाठ्यपुस्तक पुगेको छ । मालिकार्जुन गाउँपालिकास्थित बालकल्याण आधारभूत विद्यालयले विद्यार्थी भर्नामा अभिभावकको उपस्थिति गराएको छ ।

अभिभावकै उपस्थितीमा विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको शिक्षक भुवन पन्तले बताए । “पहिलो पटक अभिभावकसहित विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको छ”, उनले भने । अहिले जिल्लाका दुई नगरपालिका र सात वटै गाउँपालिकाका सबै विद्यालयमा भर्ना अभियानसँगै पाठ्यपुस्तक वितरण भइरहेको छ ।

“पहिलो चरणमा भर्ना अभियान र पाठ्यपुस्तक वितरण गरिरहेका छौँ”, अपी हिमाल गाउँपालिकाअन्तर्गत महादेव मावि घुसाका प्रधानाध्यापक शेरसिह धामीले भने, “अहिले भर्ना अभियानमा छुटेकालाई घरदैलोमार्फत भर्नामा ल्याउँछौँ ।”

यो वर्ष ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ जिल्लाका नौ वटै स्थानीय तहमा विद्यार्थी अभियान शुरु भएको छ । गाउँपालिका तथा नगरपालिकाका सबै विद्यालयमा उत्साहका साथ विद्यार्थी अभियान सञ्चालन भएको छ । विद्यालयबाहिर रहेका विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षा दिलाउने उद्देश्यले विसं २०६१ देखि विद्यार्थी भर्ना अभियान थालिएको थियो ।

पहिलो चरणमा सो अभियान वैशाख १५ गतेसम्म रहनेछ । त्यसपछि अभियानमा छुटेका विद्यार्थीको खोजी गरिनेछ । शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाको विगतको तथ्याङ्कअनुसार जिल्लामा झण्डै तीन प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । जिल्लाभरिमा २१९ प्राथमिक विद्यालय, ५९ निम्नमावि, ४२ मावि, २५ उच्चमावि र १७ वटा संस्थागत विद्यालय गरी जम्मा ३६२ वटा विद्यालय छन् ।

विद्यार्थीलाई ‘होमवर्क डायरी’

अपी हिमाल गाउँपालिकाले विद्यार्थी भर्ना अभियानसँगै विद्यार्थीको हातहातमा पुग्ने गरी गृहकार्य पुस्तिका (होमवर्क डायरी) दिने भएको छ । विद्यार्थी, अभिभावक र शिक्षकलाई जिम्मेवार बनाउने उद्देश्यले पुस्तिका दिइने भएको हो । गाउँपालिकाभरीका २१ वटै सामुदायिक विद्यालयमा पुस्तिका वितरण गरिने अपी हिमाल गाउँपालिका शिक्षा विकास शाखाप्रमुख करवीर बोहराले बताए । गत वर्षदेखि नै गाउँपालिकाले उक्त पुस्तिका वितरण गरे पनि थप प्रभावकारी बनाउँदै लगिएको उनले बताए ।

गृहकार्य पुस्तिकाले विद्यालयमा पढाइ हुने हरेक घण्टीका शिक्षकले दिएको गृहकार्य, हस्ताक्षर, घरमा पुगेपछि विद्यार्थीले गरेको गृहकार्य तथा अभिभावले जाँच गरेको दस्तखतसमेत राखिएको छ । शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध बढाउनको लागि पनि गृहकार्य पुस्तिकालाई नियमित गरिएको अपी हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।

सो पुस्तिकामा अभिभावकको सम्पर्क नम्बरसमेत राखिएको छ । कारणवश विद्यार्थी विद्यालयमा अनुपस्थित भएमा पुस्तिकाको सहयोगमा जानकारी हुने व्यवस्था गरिएको छ । विद्यार्थीले आफ्नो बालबालिका विद्यालयमा अनुपस्थित हुनाका कारणसहित उल्लिखित ढाँचामा निवेदन दिनुपर्ने प्रावधान गरिएको छ । शिक्षकले पढाएको विषयवस्तु र विद्यार्थी र अभिभावकले घरमा गरेको निगरानी देखाउन पनि गृहकार्य पुस्तिका बनाइएको अध्यक्ष मन्यालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस