१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषादी प्रयोगशाला स्थापना

अ+ अ-

दमौली । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ ।

तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रदेशको नाका आँबुखैरेनी गाउँपालिका–३ मा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगाशाला स्थापना गरेको हो ।उक्त प्रयोगशालाको शनिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे । मन्त्री गुरुङले खाद्यान्न जीवन र स्वास्थ्यसँग जोडिएकाले सबैले स्वच्छ खाद्यान्न उपभोग गर्न पाउनुपर्ने बताए ।

उत्पादनको लाभ लिन बढी विषादी प्रयोग हुने गरेको भन्दै मन्त्री गुरुङले प्रदेशभित्र भित्रिने तरकारीलगायत खाद्यान्न स्वच्छ र स्वस्थ बनाउन प्रयोगशाला स्थापना गरिएको बताए । शुरुआती चरणमा बाहिरबाट प्रदेश भित्रिने तरकारी मात्रै परीक्षण हुने र निकट भविष्यमा प्रदेशभित्रकै तरकारी लगायतका खाद्यान्नसमेत परीक्षण गर्ने व्यवस्था मिलाउन सरकार लागि परेको उनले जानकारी दिन ।

भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले स्वच्छ र स्वस्थ खाद्यान्न सर्वसाधारणलाई उपभोग गराउने उद्देश्य बमोजिम प्रदेशको दुई वटा नाकामा प्रयोगशाला स्थापना गरिएको बताए । आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालय अगाडि भाडाको घरमा सञ्चालित प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारी लगायतका खाद्य पदार्थ परीक्षण गरिनेछ । परीक्षणले अखाद्य देखिएका खानेकुरा भित्र्याउन रोक लगाइने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले जानकारी दिए ।

प्रयोगशालामा अखाद्य पदार्थ पहिचान गर्ने उपकरण जडान गरिनेछ । सचिव दवाडीका अनुसार प्रयोगशालालाई आन्तरिक क्वारेन्टाइनको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस