१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाह्र वर्षपछि सडक विवाद मिल्यो

अ+ अ-

जाजरकोट । निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् ।

विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारीसाधन चल्न धौधौ परेको यस सडक खण्डमा विवाद सल्ट्याउन कर्मचारी लिएर प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह गाउँ पुगेका हुन् । सिंहसँगै सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्ट, पूर्वसांसद भक्तबहादुर शाह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलगायतको टोलीले १२ वर्षपछि स्वार्थका कारण यातायात चल्न नसक्ने अवस्था सिर्जना भएको सडकको निरीक्षण गरी प्राविधिक ९स्टिमेट० लागतसमेत बदलेका छन् ।

निर्माणकार्य शुरु भएको १२ वर्षसम्म यातायातका साधन चल्न नसकेपछि चौतर्फी आलोचना बढिरहेको बेला प्रदेशसभा सदस्य सिंहले सबै सरोकारवालालाई लिएर भेरी नगरपालिका–२ राङ्सीमा गई समस्या समाधान गरेका हुन् । पूर्वसभासद् भक्तबहादुर शाहको घर हुँदै जाने सो सडक, उनी नै संविधानसभाका सभासद् भएको बेला निर्माण भएको थियो । प्राविधिकलाई अनावश्यक दबाब दिएर स्टिमेटभन्दा बाहिर गई निर्माण गरिएको यो सडकमा यातायातका साधन चल्न नसक्ने अवस्था सिर्जना भएपछि अहिले सबै सरोकारवाला निकायको उपस्थितिमा स्टिमेट बदलेर सडक पूर्ण निर्माण गर्ने सहमति भएको हो ।

एउटै गाउँमा १२ मोड बनाएर सडकमा यातायातका साधन मोड्न नसक्ने अवस्था सिर्जना भएपछि यातायातका साधन चल्न नसक्ने अवस्था सिर्जना भएको थियो । २१ किलोमिटर सडकमा रु ३२ करोड रकम खर्च हुँदासम्म यातायात चल्न नसक्दा चौतर्फी आलोचना बढेपछि प्रदेशसभा सदस्य सिंहको नेतृत्वमा स्थानीयवासीको उपस्थितिमा विवाद समाधान गरेर सडक निर्माणको बाटो खुलेको हो ।

यो सडकलाई कर्णाली प्रदेश सरकारले लुम्बिनी, जाजरकोट, खलङ्गा, बाहुनथाना, राङ्सी, पाँचकाटिया जुम्ला हुँदै रारा जोड्ने रणनीतिक महत्वको रूपमा लिदै आएको छ । विवादका कारण सडकको स्तरोन्नति हुन नसक्दा सडक निर्माणकार्य अलपत्र पर्दैै आएको थियो । अहिले सो सडकखण्डमा ग्राबेलको कामसँगै फराकिलो बनाउने कार्यसमेत शुरु भएको सिंहले बताए। विवादका कारण सडक मर्मत गर्न समस्या भएकाले अब समाधान भएपछि काम अगाडि बढ्ने डिभिजन प्रमुख भट्टले बताए।

चुनावमा भोट हाल्नका लागि कार्यकर्तामार्फत खबर पुर्‍याउने नेता गाउँमा आएर विवाद सल्ट्याएको र भेटघाट गरेको पहिलो घटना भएको स्थानीयवासी मैनकला वलीले बताए।

जाजरकोट बीचविन्दुमा भएकाले सडक निर्माणपछि पर्याप्त लाभ जाजरकोटका जनताले लिनसक्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । मन्त्री बस्नेतले भने, “हामी जाजरकोटवासी तीन सडकको बीचविन्दुमा छौँ, जाजरकोट छोएर तीन त्रिदेशीय सडक निर्माण भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस