१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितकला विकासका लागि रकम अभाव छ : कुलपति कर्माचार्य

अ+ अ-

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)को नवौँ प्राज्ञसभा आज यहाँ शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले शुभारम्भ गरेका उक्त सभामा प्रतिष्ठानको कार्य प्रगतिको समीक्षा, भावी योजनाका लागि बजेट तथा गतिविधिबारे छलफल गरिने छ ।

सो अवसरमा राज्यमन्त्री बुढाले पूर्वजले सिर्जना गरेका कलाको महत्व भएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सबै जाति, समुदायका कला तथा संस्कृतिले भरिएको हाम्रो मुलुकले अन्तर्राष्ट्रिय तहमा विशिष्ट पहिचान बनाएको बताउँदै उनले देशभरका ललितकलाकर्मीलाई एकीकृत गरी उनीहरुका सिर्जनालाई प्रवर्द्धन गर्न नाफाले भूमिका निर्वाह गर्नुपर्ने बताउए ।

नाफाका कुलपति केके कर्माचार्यले कलासाहित्यका माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ लैजान सकिने विचार व्यक्त गर्दै ललितकलाको समुन्नतिका लागि विभिन्न परियोजना कार्यान्वयनका लागि स्रोतको अभाव रहेको जानकारी दिए ।

उपकुलपति गोपाल चित्रकारले प्रतिष्ठानलाई प्रदेशस्तरमा विकास गरी स्थानीय तहदेखि नै ललितकला क्षेत्रलाई संरक्षण गर्नका लागि गृहकार्य भइरहेको बताए ।

सदस्य सचिव विपीन घिमिरे र जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले नेपाली कला क्षेत्रले विश्वकला जगत्मा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेकाले त्यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । नाफाले प्रत्येक वर्ष मार्च ११ मा अरनिको स्मृति दिवस मनाउने निर्णय पनि गरेको छ ।

नाफाको आयोजनामा हरेक वर्ष हुने राष्ट्रिय कला प्रदर्शनी आगामी जेठ २ गतेदेखि हुने भएको छ । प्रदर्शनीका अवसरमा उत्कृष्ट विभिन्न कलालाई विधागत रुपमा पुरस्कृत गरिने छ । सो अवसरमा अरनिको पुरस्कार, ललितकला पत्रकारिता पुरस्कार आदि पनि प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस