९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

अ+ अ-

काठमाडौं । नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् ।

थाइल्याण्डको राजधानी बैङ्ककमा आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् ।

फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–० सेटले पराजित भए । उनले पहिलो सेट १५–२१ अङ्कले तथा दोस्रो सेट १३–२१ अङकले गुमाएको बैङ्ककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए ।

यसअघि शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा हराएका थिए । उनले २१–९ र २१–१३ अङ्कले उक्त खेल जित्दै फाइनमा स्थान बनाएका थिए । विभिन्न उमेर समूहको उक्त प्रतियोगितामा २२ देशका खेलाडीको सहभागिता रहेको छ ।

प्रिन्सले गत वर्ष असोजमा युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेशनल सिरिज’अन्तर्गत पुरुष यू–१५ मा इन्डोनेशियका खेलाडीलाई पराजित गरी उपाधि जितेका थिए ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नै अहिलेसम्मको ठूलो सफलता हो । प्रतियोगितामा भारत, पाकिस्तान, युएई, साउदी अरब, इन्डोनेशिया, स्विडेन, बेलायत, केन्या, इजिप्ट, बहराइन र अल्जेरियाका खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस