१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रतिपक्षलाई रचनात्मक आलोचना गर्न सभामुखको अपील

अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संघीय संसद्को चौथो अधिवेशनलाई उपलब्धिमूलक र ऐतिहासिक बनाउन रचनात्मक ढङ्गबाट सरकारको आलोचना गर्न अपील गरेका छन् । सोमबारदेखि शुरु हुने संसदको अधिवेशनको तयारी र कार्यसूची पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका काम कारवाहीबारे प्रश्न उठाउने, आलोचना र बहस गर्ने थलो भएकाले त्यसका लागि आफूले वातावरण बनाउने जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँबानेश्वरमा सोमबार अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । तराई मधेश आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सम्वन्धमा राष्ट्रिय जनता पार्टीलगायतका दलले उठाउँदै आएका विषयका सम्वन्धमा सम्वन्धित दलसँग भोलि छलफल गर्ने पनि सभामुख महराले जानकारी दिए ।

चौथो अधिवेशनका लागि प्राविधिकलगायत सबै तयारी पूरा भएको सभामुख महराले जानकारी दिए । वर्षे अधिवेशनका रुपमा रहने संसद्को पहिलो बैठकमा संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख र अध्यक्षले आ–आफ्ना सदनसमक्ष वाचन गर्नेछन् ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा वैठक सञ्चालन गर्ने टोलीको घोषणा गर्ने प्रारम्भिक कार्यसूची रहेको पनि सभामुखले जानकारी दिए । सोमबारकै दुवै सदनका वैठकमा २०६४ सालका संविधानसभाका सदस्य दिवाकर गोल्छा, २०४८ सालमा गुल्मीबाट निर्वाचित सासद रुद्रमणि शर्मा भण्डारी र २०४८ र ५६ सालको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित रामकृष्ण ताम्राकारको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।

पहिलो दिनको बैठकमा प्रमुख दलका नेताको मन्तव्य हो वा नहुने भन्नेबारे सोमबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्नेछ । वैशाख २० गते सदन मार्फत सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ । त्यसपछि उक्त नीति तथा कार्यक्रममाथि छलफल चल्नेछ ।

उक्त नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको प्रधानमन्त्रीबाट जवाफ आएपछि पारित हुनेछ । त्यसको लगत्तै पूर्वबजेट छलफल हुनेछ भने संविधानमै व्यवस्था भएअनुरुप सरकारले आवको बजेट जेठ १५ गते प्रस्तुत गर्ने छ । बजेट प्रस्तुत भएपछि त्यसमाथि सैद्धान्तिक छलफल र विनियोजन विधेयकमाथिको छलफल चल्नेछ ।

प्रतिक्रिया दिनुहोस