११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राइभेट परीक्षा दिने विद्याथी बढे

अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए । स्नातकोत्तर तह र स्नातक तह तर्फ वार्षिक प्रणाली अन्तर्गत प्राइभेट परीक्षा दिन विद्यार्थीको बिहानदेखि फाराम भर्न भीड देखिन्थ्यो ।

प्राइभेट तर्फको परीक्षा यो वर्ष अन्तिम हुने हो कि भनेर विद्यार्थी बिहानैदेखि फाराम भर्नका लागि लामवद्ध भएका थिए । विद्यार्थीको भीडका कारण शुल्क बुझाउनका लागि पनिकाभित्र नै चार ठाउँ तोकिएका । तर शुल्क बुझाउनेमा भीड भएपछि विद्यार्थी नेपाल बैंक लिमिटेड र ग्लोबल आइएमइको कुलेश्वर र त्रिवि गेटमा काउण्टरमा समेत पुगेका थिए ।

सेमेष्टर प्रणाली महङ्गो भएकाले विद्यार्थी अहिले प्राइभेट परीक्षातर्फ आकर्षित भएका हुन् । गतवर्ष नै त्रिविले प्राइभेट परीक्षा खुलाउँदा अन्तिम परीक्षा हुने भनेर सूचना प्रकाशित गरेकोमा सेमेष्टर प्रणालीको दुरशिक्षाको कार्यविधि नबनेकाले यसवर्ष पनि प्राइभेटतर्फको परीक्षाको फाराम खुलाइएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

त्रिविले सूचना प्रकाशित गरी चैत १७ देखि वैशाख १६ गतेसम्म फाराम भर्ने सयमसीमा तोकेको थियो । परीक्षा नियन्त्रक जोशीले गतवर्ष नौ हजार परीक्षार्थी भएकोमा यसवर्ष करीब २० हजार पुग्ने जानकारी गराए । हिजो आइतबारमा मात्र परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ४ हजार ५ सय विद्यार्थीले फाराम भरेका थिए ।

त्रिविले परीक्षा नियन्त्रक कार्यालयका क्षेत्रीय कार्यालय पोखरा, विराटनगर, नेपालगञ्ज र अत्तरियाबाट परीक्षा फाराम भर्ने व्यवस्था गरेको छ । ‘हामीले गतवर्ष कार्यविधि बनाउन सकैनौं । प्राइभेट परीक्षालाई नरोकौं भन्ने त्रिविको निर्णयले यसवर्ष पनि प्राइभेटको लागि फाराम खुलाएका हौं’ परीक्षा नियन्त्रक जोशीले भने,’यो वर्ष अन्तिम परीक्षा हो कि भनेर धेरै विद्यार्थीेको फाराम भर्ने भीड लागेको छ ।

कार्यविधि बनाएपछि हामीले वार्षिक प्राइभेट परीक्षालाई बन्द गरी सेमेष्टर अन्तर्गतको प्राइभेट परीक्षा लिन्छौ ।’’सेमेष्टर प्रणाली अन्तर्गतको प्राइभेट परीक्षामा विद्यार्थी क्याम्पस नै भर्ना नभएर परीक्षा दिन पाउने छन् ।

‘प्राइभेट सेमेष्टरमा विद्यार्थी क्याम्पसमा भर्ना हुनुपर्दैन’ उनले भने, ‘विद्यार्थीलाई अनलाइनबाट नै कार्यादेश (असाइमेन्ट) गर्न लगाइन्छ र अनलाइनबाट नै असाइमेन्ट पूरा गरेर छ/छमहीनाको सेमेष्टर परीक्षा दिन पाउनेछ ।’ सेमेष्टर प्रणाली शुरु भएपछि त्रिविमा प्राइभेट परीक्षा दिनेको सङ्ख्यामा वृद्धि भएको उनले बताए ।

स्नातकोत्तर तहका लागि एक हजार ३०० र स्नातक तहका लागि रु एक हजार शुल्क तिरे परीक्षा दिन पाइने भएकाले विद्यार्थीको आकर्षण अहिले प्राइभेटतिर भएको हो । उनका अनुसार गतवर्ष भन्दा दोब्बर यसवर्ष स्नातकोत्तर तहमा मात्र परीक्षार्थीले फाराम भरेका छन् ।

स्नातकोत्तर तहमा जनप्रशासन र राजनीतिक शास्त्रमा प्राइभेट परीक्षा दिन पाइने व्यवस्था रहेको छ । यस्तै स्नातक तहमा प्रयोगात्मक विषय बाहेक सबै विषयमा प्राइभेट दिन पाइने छ । प्राइभेट परीक्षाका लागि क्याम्पसमा भर्ना हुनुनपर्ने र शुल्क पनि धेरै नलाग्ने भएकाले विद्यार्थीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस