८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माग र आवश्यकताका आधारमा संविधान संशोधन हुन्छ : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने बताएका छन् ।

अध्यक्ष दाहालले भने, ‘संविधान जनताको माग तथा आवश्यकताअनुसार परिमार्जन, विकास र संशोधन हुन्छ । त्यसमा नेकपा स्पष्ट छ । प्रदेश नम्बर २ मा क्रियाशील मधेश तराई फोरमका नेता तथा कार्यकर्तालाई आज पार्टीमा स्वागत गर्दै उनले संविधानलाई जीवन्त दस्तावेजको संज्ञासमेत दिए ।

अध्यक्ष दाहालले जनतालाई बढीभन्दा बढी अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको उल्लेख गरे । उनले संविधान संशोधनका लागि प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर प्रक्रिया शुरु गरिने बताए ।

सबैैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै तराई मधेश क्षेत्रमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसँग जोड्ने द्रुतमार्गको काम पनि अघि बढेको छ ।’उनले तराई मधेशमा सरकार मधेशी जनताको हित अनुकूल नचलेको बताए । ‘तराई मधेशमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्यहाँको जनताको हितमा हुन्छ’ उनले भने ।

प्रदेश नं २ मा रहेर राजनीति गरिरहेका मधेश तराई पार्टीका अध्यक्ष अमर यादवले नेकपामा प्रवेश गर्दै संयुक्त जनआन्दोलन, सशस्त्र द्धन्द, मधेश आन्दोलन एवं आदिवासी, जनजातिलगायत अधिकार प्राप्तिका लागि संघर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात् गर्ने बताए । ‘कार्यक्रममा सो पार्टी नेकपामा समाहित भएको अध्यक्ष यादवले घोषणा गरे।’

नवप्रवेशीलाई अध्यक्ष दाहालले माला र खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस