९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमाल आरोहणको रोयल्टी दुई महिनामै ५० करोड

अ+ अ-

काठमाडौँ । संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ ।

यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३७७ आरोही छन् । यीमध्ये ३४ विदेशी आरोही समूहका ३६४ सदस्य तथा पाँच वटा नेपाली आरोही समूहका १३ आरोही सगरमाथा आरोहणमा निस्किएका छन् ।

सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए जसमा ३४ विदेशी र चार नेपाली समूह थिए । सगरमाथासहितका हिमाल आरोहणबाट झण्डै रु ५० करोड रोयल्टी जम्मा भएको विभागले जनाएको छ । विभागको विवरणमा रु ४८ करोड ७४ लाख १९ हजार ६६२ रोयल्टी सङ्कलन भएको छ ।

यसमा सगरमाथाको थप एक समूहसहितका साना हिमालको हिसाब जोड्न बाँकी छ । आजसम्मको हिमाल आरोहण अनुमति लिनेबाट ५० करोड राजश्व जम्मा हुने विभागका रामेश्वर निरौलाले बताए । यो रकममध्ये सबैभन्दा धेरै सगरमाथाबाट ४३ करोड ५२ लाख ५५ हजार ९१२ रुपैयाँ रोयल्टी जम्मा भएको छ ।

त्यसैगरी ल्होत्सेका लागि १० आरोही समूहका ९२, अमादब्लमका पाँच समूहका ४९, कञ्चनजङ्गमा पाँच आरोही समूहका ३२ र मकालुमा चार आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणलाई तीन तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।

पर्यटन विभागका अनुसार धेरै आरोही सगरमाथाको आधार शिविरभन्दा माथिततिर लागिसकेका छन् । विभागका महानिर्देशक डण्डुराज घिमिरेले आरोहण अनुमति लिएका सबैजसो आरोही सगरमाथा आधार शिविर र केही क्याम्प दुई र तीनसम्म पुगिसकेको जानकारी दिए । ‘यस पटकको सगरमाथा आरोहण पनि उत्साहजनक हुने देखिएको छ । अहिले केही आरोही क्याम्प तीनतिर पुगिसकेका छन् भने कतिपय आधार शिविरमा छन्’, महानिर्देशक घिमिरेले भने ।

यतिखेर विभिन्न ४८ मुलुकका करीब ५०० आरोही हिमाल आरोहणका लागि आएका छन् । सगरमाथा आरोहणमा सबैभन्दा बढी ४०० को हाराहारीमा विदेशी छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतबाट आरोही आएका छन् । त्यस्तै, जापान, लेवनान, नर्वे, क्यानाडा, ब्राजिल, अर्जेन्टिनालगायत मुलुकबाट पनि सगरमाथा आरोहणका लागि आएका छन् ।

रोयल्टी बढी उठ्यो

अघिल्लो वर्ष (सन् २०१८ को) वसन्त ऋतुको तुलनामा यो याममा हिमाल आरोहणबाट रोयल्टी रकम बढी जम्मा भएको छ । अघिल्लो याममा सगरमाथासहितका हिमाल आरोहणबाट ४६ करोड रुपैयाँ भन्दा बढी रोयल्टी उठेको थियो । सगरमाथाबाट मात्रै करीब ३४ करोड रुपैयाँ रोयल्टी जम्मा भएको थियो ।

संसारका आरोहीको उत्कृष्ट रोजाइमा सगरमाथासहितका हिमाल पर्छन् । त्यसैले हरेक वर्ष विभिन्न मुलुकका आरोही उल्लेख्य सङ्ख्यामा आरोहणका लागि नेपाल आउने गर्छन् । पर्वतारोहणका लागि आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये नेपालमा आठ हिमाल पर्दछन् ।

सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले ७५ हजार रुपैयाँ रोयल्टी बुझाउनुपर्छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल एक हजार ३०० भन्दा बढी रहेको बताइन्छ ।रासस

प्रतिक्रिया दिनुहोस