९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घडीसँग सम्बन्धित समस्याहरु

अ+ अ-

घडीसँग सम्बन्धित प्रश्नहरुमा दुई सुई बीचको कोण पत्ता लगाउने, बिग्रेको घडीले सही समय दिने तथा घडी छिटो वा ढिलो चल्ने जस्ता समस्याहरु सोध्ने गरिन्छ । घडीको घण्टा, सुई र मिनेट सुई बीचको कोण निम्न सूत्र प्रयोग गरी सजिलै पत्ता लगाउन सकिन्छ
Angle = |30H-11/2 M|
Where H = Hour, M = Minute
उत्तर नकारात्मक समेत आउन सक्छ । नकारात्मक चिन्ह हटाएर लेख्नुपर्दछ ।

घडीसँग सम्बन्धित केही थप जानकारी

  • घण्टा सुईले 12 घण्टामा एउटा पुरा चक्कर (Cycle) पार गर्दछ अर्थात् 360° को कोण बनाउँदछ यसप्रकार भन्दा  720 मिनेटमा 360° को कोण बनाउँदछ
    1 मिनेटमा 370/720 = 0.5° बनाउँदछ ।
    तसर्थ घण्टा सुईको स्पिड = 0.5 degree per minutes.
  • यसैगरी मिनेट सुईको स्पिड = 6 degree per minute
  • हरेक घण्टामा घण्टा सुई र मिनेट सुई एकपटक सँगै भेट्छन् (Coincide)
  • जब घण्टा सुई र मिनेट सुई बीच 90° को कोण बनेको हुन्छ, तिनीहरु 15 min space apart हुन्छ ।
  • घडीका घण्टा सुई र मिनेट सुई एक घण्टामा 1 पटक, 12 घण्टामा 11 पटक र 24 घण्टामा 22 पटक यस्तो 180° को कोण बनाउँछन् ।
  • घण्टा र मिनेट सुई प्रत्येक minute को अन्तरमा एकै ठाउँ आइपुग्छन् । जस्तैः
  • अन्य जुनसुकै कोण 12 घण्टामा 12 पटक र एक दिनमा 44 पटक बन्दछन् । उदाहरणको लागि एक दिनमा घण्टा र मिनेट सुई बीच 60 डिग्रीको कोण 44 पटक बन्दछ ।

उदाहरणहरु :
1. 6:30 बजेको बेला घडीका दुई सुईहरुबीचको कोण कति डिग्रीको हुन्छ ?
समाधानः Angle = |30H-11/2 M|
= 30 × 6 – 112 × 30
= |180 – 165|
= 15°

2.  2:40 बजेको बेला घडीमा दुई सुईहरुबीचको कोण कति डिग्रीको हुन्छ ? निकाल्नुहोस् ।
समाधानः Angle = |30H-11/2 M|
= 30 × 2 – 112 × 40
= |60 – 220|
= | – 160°|
= 160°

3. रमेशको घडि प्रत्येक 1 घण्टामा 5 मिनेट छिटो हुन्छ । विहिबार विहान 8:00 बजे रमेशले सही समय मिलाएको थियो । अब कहिले उक्त घडिले सही समय दिन्छ ?
समाधानः उक्त घडिले सही समय दिन 12 घण्टा छिटो हुनुपर्दछ । अब ऐकिक नियम प्रयोग गर्दा,
छ मिनेट छिटो हुन 1 घण्टा लाग्छ ।
1 मिनेट छिटो हुन 1/5 घण्टा लाग्छ ।
60 मिनेट छिटो हुन 1/5 × 60 घण्टा लाग्छ ।
= 12 घण्टा
12 घण्टा छिटो हुन 12 × 12 = 144 घण्टा लाग्छ ।
144 घण्टा = 6 दिन
तसर्थ, अघिल्लो बुधबार विहान 8:00 बजे उक्त घडीले सही समय दिन्छ ।

4. एउटा घडी मध्यान्हमा चल्न शुरु ग¥यो । कति मिनेटपछि मिनेट र घण्टा सुई बीचको कोण 110° हुन्छ ?
समाधानः Angle = |30H-11/2 मध्यान्हमा चल्न शुरु गरेकोले, H = 0
110° = 11/2m
11M = 220
M = 20
 20 मिनेटपछि मिनेट र घण्टा सुईबीचको कोण 110° हुन्छ ।

5. 7:00 देखि 8:00 भित्र ठिक कतिबेला मिनेट र घण्टा सुई सँगै सुत्छन् ?
समाधानः मानौं, t मिनेटपछि दुवैले सँगै सुत्दछन् वा बराबर कोण बनाउँछन् । 210 + 0.5t = 6t (किनकी 7 बज्दाखेरि नै घण्टा सुईले 210 डिग्रीको कोण बनाइसकेको हुन्छ ।)
210 = 6t – 0.5t = 5.5t
t = 210/5.5 = 38 minute to second
तसर्थः 7 : 38 : 10 मा दुवै सुई एकै ठाउँमा सुत्दछन् ।
दोस्रो तरिकाः दुवै सुईसँगै हुँदा कोण 0 डिग्रीको बन्दछ । तसर्थ 0= 30H – 112 M
or, 0 = 30 × 7 – 112m
or, m = 21011 × 2
= 38.10

Model Practice Question Clock and time

1.  5:15 बजेको अवस्थामा घडीको घण्टा सुई र मिनेट सुईको बीच कति डिग्रीको कोण बन्दछ ?

2. कुनै घडीमा विहान 8 बजे सहि समय मिलाइयो । यदि घडी एकै दिनमा 10 मिनेट छिटो हुन्छ भने अर्को दिन घडिले 1pm बजे देखाएको बेला वास्तविक समय कति होला ?
a) 11:40pm              b) 12:48pm              c) 12pm            d) 10pm

3. एउटा घडी प्रत्येक 3 मिनेटमा 5 सेकेण्ड छिटो हुन्छ । विहानको 8:00(am) बजे घडीमा ठीक समय मिलाइएको थियो । वास्तविक समय 10pm हुँदा सो घडीले कुन समय देखाउँछ ?
a) 10:20:30pm           b) 10:23:20pm               c) 10:45:50pm           d) 10:15:25pm

4. एउटा घडी प्रत्येक घण्टामा 5 मिनेट ढिलो हुन्छ । आइतवार 10am मा घडीमा सही समय मिलाइएकोे थियो । अब घडीले कहिले सही समय दिन्छ ?
a) Sunday 8am           b) Sunday 8pm           c) Monday 8 am                d) Monday 8 pm

5. एउटा घडी मध्यान्हमा चल्न शुरु ग¥यो । मिनेट सुई 120° डिग्रीले घुम्न कति समय लाग्ला ?
a) 15 minute            b) 20 minutes              c) 30 minutes         d) 31 minutes

6. एउटा घडी मध्यान्हमा चल्न शुरु ग¥यो । कति मिनेटपछि मिनेट र घण्टा सुई बीचको कोण 156 डिग्री हुन्छ ?
a) 28 min 21 sec                   b) 25 min              c) 21 min 5 sec          d) none

7. 4:00 देखि 5:00 भित्र ठीक कतिबेला मिनेट र घण्टा सुईसँगै सुत्दछन् ?
a) 4:30:25           b) 4:21:49               c) 5:40:00                d) 4:15:20

8.  8am देखि 9am को बीचमा ठिक कति बेला घडीमा दुवै सुई एकै ठाउँ हुन्छन् ?
a) 8:30:38          b) 8:35:38            c) 8:43:38          d) 8:45:38

9. रमेशको घडि प्रत्येक 1 घण्टामा 6 मिनेट ढिलो हुन्छ । बुधवार विहान 8:00 बजे र रमेशले सही समय मिलाइएको थियो । अब कहिले उक्त घडीले सही समय दिन्छ ?
a) सोमबार 8:00am           b) सोमबार  8:00pm           c) आइतबार 8:00am      d)शनिवार 8:00am

10. घडीमा घण्टा सुई र मिनेट सुई दिनमा कतिपटक समकोण  (Right Angle) बनाउँछन् ?
a) 22            b) 24         c) 44         d) 48

11.  घडीमा घण्टा सुई र मिनेट सुई दिनमा कति पटकसँगै सुत्दछन् (Coincide)?
a) 24            b) 22             c) 21            d) 20

12.  4 र 5 बजेको बीचमा घण्टा सुई र मिनेट सुई कुन समयमा ठिक विपरित दिशामा हुन्छन् ?

13. 8 र 9 बजेको बीचमा कुन समयमा घण्टा सुई र मिनेट सुई आपसमा नखप्टिने गरी एउटा रेखामा हुन्छन् ?

 

Answer Sheet
Question Number Answer Question Number Answer
1 b 8 c
2 b 9 c
3 b 10 c
4 a 11 a
5 b 12 d
6 a 13 a
7 b

नोट : उपरोक्त पाठ लगायत IQ सम्बन्धी अझ विस्तृतमा अध्ययन गर्न इच्छा भएमा लेखकको पुस्तक  IQ Capsule हेर्नुहुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस