१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बीमाले जनताको स्वास्थ्य राम्रो हुनेछ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

लुम्बिनी । संविधानले व्यवस्था गरेको स्वास्थ सेवाको मौलिक अधिकारलाई सबै जनताले सहजै पाउने गरी स्वास्थ्य बीमाले व्यवस्थापन गर्न थालेको मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् ।

नेपाल नेत्रज्योति संघ प्रदेश नं ५ को प्रथम कार्यशालाको भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले हरेक नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहोउन् भनेर सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताए । उनले भने, ‘एक जना नागरिक बराबर रु ५० हजारको स्वास्थ्य बीमा र विपन्न वर्गको लागि राज्यले नै रकम सहयोग गरेर देशभरबाट कूल रु १५ अर्ब वार्षिक बीमा बापतको राजश्व उठ्छ । त्यसले हरेक नागरिकको स्वास्थ्य उपचार गर्न सहज वातावरण बनाउन मद्दत पुर्‍याउने छ ।’

मुख्यमन्त्री पोखरेलले नेत्रज्याति संघले अन्धोपन निवारणको लागि गरेको योगदानको राज्यले उचित मुल्याङ्कन गरेको बताए । उनले भने, ‘नेपालका आँखा अस्पतालले स्वदेशी मात्रै होइन विदेशीलाई पनि सेवा दिइरहेका छन् । आँखा अस्पतालमा भारतीय सेवाग्राहीको सङ्ख्या अत्यधिक छ । नेपालका अस्पताल विश्वस्तरको सेवा दिन तयार छन् ।’ तिलगंगा अस्पतालको सेवाले नेपालको नाम संसारमै चिनाएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

कार्यक्रममा संघीय सभा सदस्य सुजिता शाक्य, नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राध्यापक डा.तीर्थराज मिश्र, सिद्धार्थनगरका नगर प्रमुख हरिप्रसाद अधिकारी, प्रदेश संयोजक सागरप्रताप राणालगायतले नेत्र ज्योति संघले सामाजिक अभियानका रुपमा अन्धोपन निवारणमा खेलेको भूमिका महत्वपूर्ण भएको बताएका थिए ।

प्रदेश ५ मा नेत्र ज्योति संघमार्फत रण अम्बिका आँखा अस्पताल भैरहवा, डा.विनोद रिता कँडेल आँखा अस्पताल परासी, बुटवल लायन्स आँखा अस्पताल, लाकौल आँखा अस्पताल पाल्पा, तौलिहवा आँखा अस्पताल कपिलवस्तु, कृष्णनगर आँखा अस्पताल कपिलवस्तु, दाङ आँखा अस्पताल, राप्ती आँखा अस्पताल दाङ, फत्तेवाल शाह आँखा अस्पताल बाँके, प्युठान जिल्ला अस्पताल, गुल्मी जिल्ला अस्पताल र अर्घाखाँची जिल्ला अस्पताल सञ्चालनमा छन् ।

प्रदेश कार्यशालामा सहभागीले नेत्र ज्योति स्रघको प्रदेश ५ को तदर्थ समितीसमेत गठन गरेको छ । रुपन्देहीका अध्यक्ष सागरप्रताप राणा संयोजक र दाङका अध्यक्ष कृष्ण गिरी सहसंयोजक रहेको तदर्थ समितिमा जिल्ला सभापति पदेन सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस